2

Logo २०८३ बैशाख १४ सोमबार
महोत्सव स्थलका होटेलबाट बरामद घरेलु मदिरा नष्ट

महोत्सव स्थलका होटेलबाट बरामद घरेलु मदिरा नष्ट


Sabalnews प्रकाशित मिति : मंगलबार, फाल्गुन २ २०७९
2K

पाल्पा ।

महोत्सव स्थलमा मदिरा जन्य पदार्थ बेचबिखनमा रोक लगाएपनि लुकिछिपी बेचबिखन गरेको मदिरा प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ ।

महोत्सवको पाचौं दिन कार्यक्रम सकिएसंगै प्रहरीले महोत्सव स्टलमा रहेका होटेलमा अनुगमन निरीक्षण गर्दा भेटिएको घरेलु मदिरा बरामद गरि नष्ट गरेको हो ।

इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लक्ष्मण देबकोटाको नेतृत्वमा स्टलका होटेलमा प्रहरीले गरेको निरीक्षणमा विभिन्न होटेलबाट ५ ग्यालिनमा रहेको २० लिटर मदिरा नियन्त्रणमा लिएर नष्ट गरेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिनुभयो ।

पसलमा लुकाइछिपाई राखिएको घरेलु मदिरा ग्यालेनमा फेला पारी प्रहरीले महोत्सव परिषर नजिकै खाल्डोमा नष्ट गरेको छ ।
रामपुरमा भव्यताका साथ संचालन भइरहेको महोत्सवलाई सभ्य रुपमा सम्पन्न गर्न मदिरा बिक्रि गर्न नपाइने भएपनि लुकिछिपी ल्याएर बिक्री गर्न राखेको मदिरा प्रहरीले खोजतलास गरि नष्ट गरेको हो ।

स्थानीय रामपुर उद्योग वाणिज्य संघको आयोजना भएपनि रामपुरका सबैको गौरबको पर्व महोत्सव भएकोले अबैध र अनैतिक कार्य नगर्न र सभ्य रुपमा मेलामा सहभागी हुन प्रहरीले सबैमा अनुरोध गरेको छ । आगामी दिनमा कुनैपनि मदिराजन्य पदार्थ महोत्सव स्थलभित्र बिक्री बितरण नगर्न प्रहरीले आग्रह गरेको छ भने नियमित अनुगमन निरीक्षण गर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com