महोत्सवमा मंगलबार एलिना चौहान आउदै, सुप्रिम मल्लको पनि उस्तै धमाका
पाल्पा ।
महोत्सवको पाचौ दिन आज पाल्पामा जारी रामपुर महोत्सव तथा व्यापार मेलामा गायिका एलिना चौहान आउदैछन् । महोत्सवको दिन ढल्किदै जादा महोत्सवमा रौनकता थपिदै गएको छ ।
रामपुर उद्योग वाणिज्य संघको आयोजना तथा रामपुर नगरपालिकाको समन्वयमा भएको महोत्सवको पाचौ दिन मंगलबार एलिना चौहान संगै बालक कलाकार सुप्रिम मल्ल ठकुरी, लोक दोहोरी गायिका शान्ति डोटेल, देउडा लोकगायक सुरेश शाही, लोक दोहोरी गायक कुशल वेलवासेको प्रस्तुति रहने मेलाका सांस्कृतिक कार्यक्रम संयोजक दिपक केसीले जानकारी दिनुभयो ।
रामपुरमा उद्योग वाणिज्य संघको भवन निर्माण सहितको उद्देश्य लिएर संचालित महोत्सवमा स्थानीय स्तरका कृषि, स्थानीय उत्पादनको बजारीकरण तथा प्रवद्र्धनमा टेवा पुग्ने बिश्वास लिइएको छ ।
गएकाे माघ २७ देखि जारी महोत्सव फागुन ८ गतेसम्म सञ्चालन हुने आयोजक मुल समितिकाअध्यक्ष ढकालले जानकारी दिनुभयो। तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलामा मंगलबार गायिका एलिना चौहान, बालकलाकार सुप्रिम मल्ल सहितका कलाकारहरुको प्रस्तुति रहनेछ । पछिल्लो समय सर्वाधिक दर्शकहरुको मागमा रहनु भएका आधुनिक गायिका एलिना चौहानको उपस्थिति रहने आयोजकले जनाएको छ ।
बाल कलाकार सुप्रिम मल्लको प्रस्तुति दिन ढिलो भएपछि सोमबार छोटो एउटा मात्र गित गाएका थिए । मल्ल र चौहान पछिल्लो समय निकै चर्चित गायिक गायिका हुन् ।