2

Logo २०८३ बैशाख १३ आइतबार
पशुपति शर्माले तताए महोत्सवमा पाल्पाली मञ्च

पशुपति शर्माले तताए महोत्सवमा पाल्पाली मञ्च


Sabalnews प्रकाशित मिति : आइतबार, माघ २९ २०७९
1K

पाल्पा ।

तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलामा पाल्पा आइपुगेका लोकदोहोरी गायक पशुपति शर्माले महोत्सवको मञ्च तताएका छन् ।

पशुपति शर्माका प्रायः सबै गीत दर्शकले मनपराएका गीत हुन् । यसैले पनि जुन गित मञ्चबाट गाउछन् त्यही गीतमा दर्शकले पशुपतिलाई मिठो साथ दिएका थिए । उनका गीतमा उफ्रने, छमछमी नाच्ने र हुटिङ गर्नेको जमात उनको प्रस्तुतिभर नै रह्यो ।

गत शुक्रबारदेखि रामपुर उद्योग वाणिज्य संघको आयोजना र रामपुर नगरपालिकाको संरक्षकत्वमा जारी महोत्सवमा शर्माले दर्जन बढी गीत गाएका छन् । रामतुलसी नमुना माविको खेल मैदान बेझाँडमा चलिरहेको महोत्सवमा शर्माले ‘सारङ्गी र्‍याई र्‍याई भयो जीवन तिरिमिरि झ्याई’, ‘डालीमा चील बस्यो’, ‘मलाई अमेरिका यही..’‘क्यार्नु मायाँ मारिछ्यौ मायाँले, ‘छन त मै राम्रो छैन..,स्याङजा जाने बाटैमा तनहुँ, विर्सिजाने मायाँलाई के भनौं’, पछिल्लो समय बजार लिएको ‘‘मलाई पनि छ उनलाई पनि छ, अलिअलि दुःख त जुनलाई पनि छ लगायतका गीतमा दर्शक तथा स्रोता शर्माको प्रस्तुतिमा छमछमी नाच्ने र होहल्ला गरि उनको प्रस्तुतिमा साथ दिएका थिए । आफनो एकल प्रस्तुति सकेर दोहोरी गाएका गायक पशुपति शर्माले दर्शकको साथ र हौसलाले पुनः माइक समातेर आफ्ना थप दुईवटा गीतमा प्रस्तुति राखेका थिए ।

सोमबार महोत्सवमा उदाएका लोक दोहोरी गीत प्रतिष्ठानका पुर्व अध्यक्ष समेत रहेका चन्द्र शर्माले ’धानको चामल, धानैको च्युरा मायालुलाई सम्झना के दिउँ र?’, ’मायाँलुको गालैमा कोठी, छुन मलाई दिन्छौ र एकचोटि,’ ’उखु गुलियो बैनीको मायाले संसार भुलियो,’ हेर सानु, ‘बाच्छीले धान खायो…मायाले ज्यान खायो’ गीतबाट महोत्सवको माहोल बढाउनुभएको थियो । लोकदोहोरी गायिका जमुना राना मगरले बजारमा आउदै गरेको पाल्पाली झ्याउरे गीत बल्ल-बल्ल भेट भाको दिन, ’आँशु पुस्दै छु, तिमी बरु फेरियौं निरमायाँ म त उस्तै छु’, ‘लाउने भए लाउ माया लाउनीले, नलाउ मायाँ छोडेर जानीले’, हिउचुलीमा घाम ‘सोल्टीले मलाई आँखा मार्योनी’ गीत गाउनुभएको थियो । गायक चन्द्र शर्मा

हास्यकलाकार पुरुषोत्तम भण्डारी (पूर्खे बा)को समसामयिक प्रस्तुतिले धेरै दर्शकलाई दंग र झसंग बनाएको थियो । जे अगाडी देख्यो त्यो बोल्ने पुर्खे बा ले लोकदोहोरी र स्रष्टाको भुमि रामपुरमा हास्य सहित गीतको स्वरमा स्वर थपेर समाजमा रहेका वास्तविकतालाई रोचक ढंगबाट प्रस्तुत गर्नु भएको थियो । भण्डारीले प्रायःआमाहरुको सम्मान र सम्झनामा गीत गाए । रामपुरकी तिवारी आमा सँगै गाएको गीत र उहाँको प्रतिभाको पटक पटक उद्घोष गरेका थिए । सांस्कृतिक कार्यक्रम प्रस्तोता पाल्पाली लोकदोहोरी गायक सुमन गैरेले सञ्चालनको भुमिका निभाउनुभएको थियो ।

गायिका जमुना राना 

रामतुलसी नमुना माविको खेल मैदानमा भरिएका दर्शक महोत्सवमा कलाकारकोव प्रस्तुति, मञ्च, खेल र किनबेचका स्टल र खाजाघरहरुमा जतातजै देखिन्थे । महोत्सवमा कृषि, घरेलु तथा कुटिर उद्योगका स्थल, बालउद्यानमा बिभिन्न मनोरञ्जनात्मक खेल रहेको छ । गत माघ २७ गतेदेखि फागुन ८ सम्म सञ्चालन हुने मेलामा दैनिक राष्ट्रिय कलाकारको प्रस्तुति रहनेछ ।

हास्य कलाकार पुरुषोत्तम भण्डारी (पुर्खे बा)

स्थानीय कृषि उत्पादनको प्रदर्शनी र विक्री, स्थानीय फोटो प्रर्दशनी, सुरक्षा, स्वास्थ्य सहित सचेतनामुलक गरि ३ सय बढी स्टल, बाल उद्यान, रहेको छ । स्थानीय स्तरका मौलिक र स्वदिष्ट खाना सहितका २२ वटा होटेल तथा रेष्टुरेण्ट मेला स्थलमा छन् । महोत्सव तथा मेलामा नृत्य प्रतियोगिता, लोकदोहोरी प्रतियोगिता र जिल्ला स्तरीय भलिवल प्रतियोगिता रहनेछ । यही मेलामा हेलिकप्टर/प्याराग्लाइडिङ्गबाट मनोरम दृश्य अवलोकन, कालीगण्डकीमा जलयात्रा (र्याफ्टिङ्ग) समेत हुनेछ ।

उद्योग वाणिज्य संघको भवन निर्माण, कोरोना महामारीले धरासायी बनेको आर्थिक क्षेत्रलाई चलायमान बनाउन, कालीगण्डकी बेशीको पहिचान प्रचारप्रसार संगै पर्यटन प्रवद्र्धन, कृषक तथा उद्योगी व्यवसायीहरु प्रोत्साहन गर्न आयोजना गरिएको मेला केही बर्षको अन्तरालमा भएकोले दर्शक भिड बढ्दै गएको छ । मेलाको चौथो दिन सोमबार बाल कलाकार सुप्रिम मल्ल ठकुरी, लोकदोहोरी गायक मोहन खड्का, लोक दोहोरी च्याम्पियन आरती रुचाल र प्रकाश पराजुली, हास्यकलाकार नीर आले मगरको प्रस्तुति रहने सास्कृतिक संयोजक दिपक के.सीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com