2

Logo २०८३ बैशाख १३ आइतबार
राजुले भाबुक बनाए, दिनेश र शिलाले हसाए दर्शक

राजुले भाबुक बनाए, दिनेश र शिलाले हसाए दर्शक


Sabalnews प्रकाशित मिति : शनिबार, माघ २८ २०७९
792

पाल्पा ।

पाल्पाको रामपुरमा शुरु भएको तेस्रो रामपुर महोत्सबको दोस्रोदिन गायक राजु परियारले आमाहरुलाई सम्झदै एकाएक महोत्सबका दर्शकलाई भावुक बनाए ।

“आमा तिम्रो दुधको भाराले गीतबाट आफ्नो प्रस्तुति शुरु गरेका राजुले धेरै दर्शकलाई आमाको याद र सम्झनामा डुबाए ।
१६ बर्ष पछि पाल्पाको रामपुरमा आफ्नो प्रस्तुति दिन आएका राजु परियारले “डाली पलाउने, भेटेसी छुट्टिन मनै नलाउने” “सुर्ती जर्धाले जान्छौ कि जान्नौ है आट्यो मर्दले” लगायतका गीत गाउदा दर्शक महोत्सव स्थलको ठाउँ-ठाउँमा नाचेका थिए ।

“धुरु धुरु रुवायो मलाई उहीँ पाल्पाली रामपुरे मायाले” गीतको बोलमा गीत गाउदा रामपुरेले आफ्नै परिबेशको गीतमा साथ दिएका थिए ।

राजुले “सुनपानीले छर्क मायाले” गीतको परिबेश भन्दा समाज धेरै अघि गएको बताए । त्यो समय यो गीत निकै सार्थक थियो त्यो सिर्जनाको भाव एदाकदा होला तर अब समाज धेरै सुधार भएकोले “अब शिक्षा र समाज विकासको कुरा गर्नु सार्थक रहेको बताएका थिए । सुनपानीले छर्कमायालु गीत आफुले गा भनेर गाए तर अब समयले नगा भन्छ” उनले समाजमा दलित समुदायको प्रतिनिधित्व र अबसर प्रति लक्षित गर्दै भने ।

शनिबार महोत्सवमा लोक गायिका शिला आलेले एकल र दोहोरी गीत प्रस्तुत गरेकी थिइन् । शनिबार गायक दिनेश ढकालले “कालो केशमा रेलिमै… गीत सहितका प्रस्तुति राखेका थिए ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com