2

Logo २०८३ बैशाख १३ आइतबार
रामपुर ४ र ५ जोड्न बहखोला क्षेत्रमा झलुङ्गेपुल

रामपुर ४ र ५ जोड्न बहखोला क्षेत्रमा झलुङ्गेपुल


Sabalnews प्रकाशित मिति : शुक्रबार, माघ २७ २०७९
1.6K

पाल्पा ।

पाल्पाको रामपुर नगरपालिकामा अन्द्रकुणी र गौडान जोड्ने झोलुङ्गे पुल शिलान्यास भएको छ  । रामपुर नगरपालि?का ४ को अन्द्रकुणी र ५ को गौडान जोड्ने झोलुङ्गे पुलको शिलान्यास लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले गर्नु भएको हो ।

शिलान्यास कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य श्रेष्ठले रामपुरको बिकासमा सबै पार्टी मिलेर आ-आफ्नो ठाउँबाट लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

त्यसैगरी कार्यक्रममा बोल्दै समाजसेवी एव. वरिष्ठ चार्टड एकाउन्टेन्ट निल सारुले गाउँठाउँको विकासको लागि स्थानीय, प्रदेश र केन्द्र सरकारबीच समन्वय हुनुपर्ने बताउनुभएको थियो ।

उहाँले रामपुर नगर र कालीगण्डकी उपत्यकाको विकासमा सबै जना लाग्नु पर्ने भन्दै रामपुरलाई नमुना सहरको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

समाजसेवी एव. वरिष्ठ चार्टड एकाउन्टेन्ट निल सारुको पहलमा क्षेत्रगत झोलुङ्गे पुल कार्यक्रमबाट रु ४२ लाख ७१ हजार ५५८ रुपैयाँको बजेट विनियोजन भए पश्चात, रामपुर नगरपालिकाको रु ५ लाख ५५ हजार ३०२ रुपैयाँ र रु ८५ हजार ४२१ रुपैयाँको स्थानीय उपभोक्ताहरुको लागत सहभागीतामा पुल निर्माण शुरु हुन लागेको हो ।

कार्यक्रममा रामपुर नगरपालिका ४ का अध्यक्ष राम बहादुर थापा, ५ का अध्यक्ष दुर्गा पोखरेल, वडा सदस्यहरुको साथै स्थानीय उपभोक्ताहरुको सहभागीता रहेको थियो । पुलको निर्माण कार्य सम्पन्न भएपछि चार सयभन्दा बढी घरका स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुने छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com