तेस्रो रामपुर महोत्सव तथा व्यापार मेला शुरु, ३०० स्टल (र्याली, झाकी र उद्घाटन फोटो फिचर)
पाल्पा ।
तेस्रो रामपुर महोत्सव तथा व्यापार मेला २०७९ पाल्पाको रामपुरमा शुरु भएको छ ।
रामपुर उद्योग वाणिज्य संघको आयोजनामा ११ दिनसम्म चल्ने महोत्सव स्त्थानीय उत्पादन बस्तु प्रबर्द्धन मुुुख्य रहेको आयोजकले जनाएको छ । कोरोना महामारीले धरासायी बनेको आर्थिक क्षेत्रलाई चलायमान बनाउन, संघको भवन निर्माण र गण्डकीबेशीको उद्योग व्यवसायीहरुमा प्रोत्साहन बढाउन मेलाको मुख्य ध्यय रहेको उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले बताउनुभयो ।
शुक्रबारदेखि शुरु मेलाको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य नारायण प्रसाद आचार्यले जनताले खोज्दा भेटिले घरदैलोको सरकारले यहाको आधारभुत आबश्यकता पुर्ति गर्ने, न्याय निरुपणमा पहिलो प्रयास गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेश सरकारले मझौला काम गर्ने, संघ प्रदेश र स्थानीय तहले समन्वय र सहकार्यलाई बृहत्तर बिकास गर्नुपर्ने बताउनुभएको छ । यो क्षेत्रको बृहत्तर बिकासका लागि अब बिगत बिर्सेर एकता बद्द भएर लाग्नु पर्ने आचार्यको भनाइ छ । स्वास्थ, शिक्षा जस्ता आबश्यतालाइ यहीँ सुबिधा दिने गरि लाग्नु पर्ने , बिरिनटारमा उद्योग ग्राम, कला सस्कृति परम्परा र अत्यावश्यक बिकासका योजनालाई एकमत गराउदै यस क्षेत्रको मुहार फेर्ने गरि लाग्नुपर्ने बताउनुभयो । मेलाले स्थानीय उत्पादन प्रवद्र्धनमा जोड दिने बताउँदै संघको बहुउद्देश्य भवन निर्माणको आफुले पहल गर्ने आचार्यले बताउनुभयो ।

कार्यक्रममा पाल्पा क्षेत्र नम्बर १ क लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले आर्थिक मन्दिको अवस्थामा महोत्सवले स्थानीय उत्पादन प्रबर्द्धन हुने विश्वास लिएको बताउदै यहाँको कला सस्कार सस्कृति परम्पराको संरक्षण र सम्बर्द्धन गर्दै अगाडि बढ्नु पर्ने जिकिर गर्नु भएको छ ।

रामतुलसी नमुना माध्यमिक बिद्यालयको खेलमैदान बेझाडमा भएको महोत्सवमा जिल्ला समन्वय समिति प्रमुख टंकनाथ खनालले कालीगण्डकी बेशीले दिएको संभावनालाई सार्थक बनाउन सबै तह र समन्वय एक हुनुपर्ने बताउनुभयो । पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्थले भौतिक विकासमा ध्यान जादा सामाजिक बिकासको सूचकांक कमजोर रहेको बताउनुभयो । उहाँले आर्थिक मात्र होइन सामाजिक र मानसिक तथा मानव बिकास सूचकांक वृद्धि गर्ने गरि लाग्नु पर्ने बताउनुभयो।

रामपुर नगर उपप्रमुख बालकुमारी थापा, नेपाली काङ्ग्रेस पाल्पाका कार्यबाहक सभापति तथा उपसभापति ज्ञान बहादुर गाहा, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष धनेन्द्रराज घिमिरे, नेपाल पत्रकार महासंघ जिल्ला उपाध्यक्ष सृजना घिमिरे लगायतले आफ्ना भनाइ राख्नु भएको थियो ।

रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले संघको भवन निर्माण नहुदा नेपाल उद्योग वाणिज्य संघमा संघलाई दर्ता गर्न नसकिएको बताउँदै भवन निर्माणमा आर्थिक स्रोत जुटाउनु मेलाको उद्देश्य रहेको बताउनुभयो ।
“आर्थिक समृद्धिका लागि उद्योग र व्यापार, कालिगन्डकी उपत्यका विकासको आधार” भन्ने नाराको साथ शुरु भएको महोत्सवमा “३ सय बढी स्टल, बाल उद्यान, हेलिकप्टर/प्याराग्लाइडिङ्ग बाट मनोरम दृश्य अवलोकन, कालीगण्डकी नदीमा र्याफि्टङ, स्थानीय स्तरका मौलिक र स्वदिष्ट खाना सहितका २२ वटा होटेल तथा रेष्टुरेण्ट, महोत्सवको अबसरमा जिल्ला स्तरिय भलिबल प्रतियोगिताको आयोजना गरेको छ ।
रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष ढकालको अध्यक्षतामा भएको कार्यक्रम संघका उद्योग उपाध्यक्ष रुद्रनारायण श्रेष्ठको स्वागतबाट र संघका महासचिव खिम बहादुर क्षेत्री (पुरुषोत्तम) को संचालनमा कार्यक्रम भएको हो ।
उट्घाटनको अवसरमा स्थानीय सतरका विभिन्न समुदायको संस्कृतिमा आधारित मौलिक नाच, झाँकी तथा विभिन्न संघ संस्थाका ब्यानर सहित ५८ वटा भन्दा बढी झाँकी प्रदर्शन गरिएको थियो ।







