2

Logo २०८३ बैशाख १३ आइतबार
उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित

उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित


Sabalnews प्रकाशित मिति : सोमबार, माघ २३ २०७९
736

काठमाडौं ।

माओवादी केन्द्रका उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ । राष्ट्रिय सभामा तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्यकाल सकिएपछि भन्डै एक वर्षदेखि यो पद रिक्त थियो ।

पर्साको वीरगन्ज महानगरपालिका– २३ निवासी अर्यालले समाजशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ । ०२६ मा अनेरास्ववियुको सदस्यता लिई विद्यार्थी राजनीतिमा प्रवेश गर्नुभएको अर्यालले ०३५ मा कम्युनिस्ट पार्टीको संगठित सदस्यता लिनुभएको थियो। ०४६ मा एमालेमा प्रवेश गरी ०५० मा पर्सा जिल्ला कमिटी सदस्यमा निर्वाचित हुनुभयो । ०४८, ०५१ र ०५६ मा पर्सा ४ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव लड्नुभएकि अर्याल ०५६ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभयो ।

०५९ माघको सातौँ महाधिवेशनबाट एमालेको वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित अर्याल ०६३ मा महिला, बालबालिका तथा समाजकल्याण राज्यमन्त्री हुँदै ०६५ मा बुटवलमा सम्पन्न आठौँ महाधिवेशनबाट एमाले केन्द्रीय सदस्य तथा पोलिटब्युरो सदस्यमा निर्वाचित अर्याल हुन सफल हुनुभयो । ०६७ मा स्थानीय विकासमन्त्री समेत भइसक्नुभएको छ ।

विभिन्न समयमा एमाले पार्टी स्कुल विभाग, महिला विभाग, कृषि विभागको जिम्मेवारीका साथै निर्वाचन विभाग र समावेशीकरण तथा सामाजिक सुरक्षा विभागको प्रमुख भई जिम्मेवारी बहन गर्नुभएकी अर्याल ४ जेठ ०७० मा तत्कालीन एकीकृत माओवादीमा प्रवेश गरेकी थिइन् ।

हाल उनी माओवादी स्थायी कमिटी सदस्य छिन् । १२ माघ ०७८ राष्ट्रिय सभा सदस्यमा निर्वाचित अर्यालले एक वर्षपछि उपाध्यक्ष बन्ने अवसर पाएकी हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com