नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराको निधन
काठमाडौं ।
नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर एवं पूर्व अर्थ सचिव हिमालय शमशेर जबराको निधन भएको छ ।
९५ वर्षको उमेरमा आइतबार बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो। उहाँ लामो समयदेेेेखि बिरामी हुनुहुथ्यो । १४ वर्षमा मेट्रिक पास गरेका उहाँ नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर हुनुभएको थियो ।
राजा महेन्द्रले राष्ट्र बैंकको स्थापना गरेर मासिक ८ सय तलब खानेगरी गभर्नरको नियुक्ती दिँदा उहाँ २९ वर्षको हुनुहुन्थ्यो ।
जबराले सन् १९६२ देखि १९८६ सम्म संयुक्त राष्ट्र विकास कार्यक्रम अन्तर्गत विभिन्न देशमा आवासीय प्रतिनिधिका रूपमा काम गर्नुभएको थियो ।