रिडी राम्दी पाल्पाली समाजको १४औं साधारण सभा काठमाडौंमा सम्पन्न
काठमाडौं ।
रिडी राम्दी पाल्पाली समाज (रिरास) को १४औं वार्षिक साधारण सभा तथा भेलाले नयाँ नेतृत्व चयन गरेको छ ।
साधारण सभाले रामप्रसाद घिमिरेको अध्यक्षतामा निर्विरोध नयाँ समिती चयन गरेको हो । समितिको उपाध्यक्ष मोतिलाल घिमिरे, सचिवमा शर्मिला बश्याल, सह सचिवमा पिताम्बर बश्याल, कोषाध्यक्षमा शिवप्रसाद गेरै र सदस्यहरुमा गणेशप्रसाद बश्याल, शिव कोइराला, लक्ष्मी शर्मा बश्याल, शान्ति सिग्देल बश्याल र प्रेमलाल बश्याल रहनु भएको छ ।

साधारण सभामा नेपाल सरकार मन्त्रिपरिषदका पूर्व अध्यक्ष तथा सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश खिलराज रेग्मीले पाल्पाली हुनुमा गौरव सहित महत्त्वपूर्ण काममा सदैव सक्रिय रहेको ईतिहास पाल्पाले बोकेको बताउनुभयो ।
पाल्पा-२ का प्रतिनिधिसभा सदस्य ठाकुर गैरेले पाल्पाको विकासमा सबै एकजुट भएर लाग्नेमा जोड दिदै पाल्पालाई उच्च हुने गरि आफुले काम गर्ने बताउनुुुभयो ।
पाल्पा–२ (१) का प्रदेशसभा सांसद माननीय बिरबहादुर रानाले सबैले बिकासलाई प्राथमिकता दिने उल्लेेेख गर्नुुुभयो । सोही अबसरमा नव निर्वाचित सांसदहरुलाई बधाई तथा सम्मान पत्र प्रदान गरिएको थियो भने रिडी राम्दी समाज क्षेत्रका विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गरिएको समाजले जनाएको छ ।
संस्थाका अध्यक्ष सेमन्तमणि खरालले समाजको कार्य र अबको दिशानिर्देशमा निरन्तर लाग्ने बताउनुभयो । कार्यक्रम संस्थाका अध्यक्ष सेमन्तमणि खरालको अध्यक्षतामा भएको हो ।