राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन आगामी माघ २३ गते हुने
काठमाडौँ ।
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन आगामी माघ २३ गते सोमबार हुने भएको छ ।
गत फागुनमा कार्यकाल सकिए पनि अध्यक्षले मिति तय नगर्दा उपाध्यक्ष पद खाली थियो ।
राष्ट्रियसभा नियमावलीअनुसार निर्वाचनको कार्यतालिका प्रकाशन गर्न राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमलाई निर्देशन दिनुभएको छ ।
अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्ष पदको निर्वाचनको मिति तय भएको जानकारी दिनुभयो । तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल सकिएपछि उपाध्यक्ष चयन हुन सकेको थिएन ।
उपाध्यक्षमा गठबन्धनबाट नेकपा माओवादीको दाबी छ । अध्यक्ष र उपाध्यक्ष मध्य एक महिला हुनुपर्ने व्यबस्थाले उपाध्यक्षमा महिला आउबे ढुक्क छ भने दलहरुले कसरत गरिरहेका छन् ।