2

Logo २०८३ बैशाख १३ आइतबार
रोटरी क्लव अफ रामपुर पाल्पाले बितरण गर्यो ह्वील चियर

रोटरी क्लव अफ रामपुर पाल्पाले बितरण गर्यो ह्वील चियर


Sabalnews प्रकाशित मिति : मंगलबार, माघ १७ २०७९
841

पाल्पा ।

रोटरी क्लव अफ रामपुर पाल्पाले अपाङ्गता भएका व्यक्ति र कालीगण्डकी आँखा तथा कान उपचार केन्द्रलाई ह्वील चियर वितरण गरेको छ ।

शारिरिक रुपमा अशक्त ९ जना व्यक्ति र कालीगण्डकी आँखा तथा कान उपचार केन्द्र रामपुरलाई सहायताका लागि ह्वील चियर प्रदान गरेको हो ।

ह्वील चियर वितरण गर्दै लुम्बिनी प्रदेश सभा सदस्य एवं रोटरी क्लव अफ रामपुर पाल्पा संस्थापक अध्यक्ष राजु प्रसाद श्रेष्ठले क्लवले स्थापना देखि सामाजिक कार्य गर्दै आएको बताउनुभयो । रोटरी क्लवको बारेमा प्रष्ट पार्दै श्रेष्ठले सबैलाई समेटेर क्लव सेवा भावका साथ अघि बढेको जानकारी दिनुभयो । आगामी दिन रामपुर क्षेत्रको स्वास्थ्य, शिक्षा लगाएत सामजिक कार्यमा सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।

काओ झोंग झी फाउण्डेशन र रोटरी क्लब अफ ताइवानको सहयोगमा सामाग्री बितरण गरिएको हो । कार्यक्रममा रामपुर ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले अपाङ्गता भएका नागरिकहरुको हितको लागि क्लवले गरेको कार्य प्रशंसनिय भएको बताउनुभयो ।

ईलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरिक्षक लक्ष्मण देवकोटा, रोटरी क्लव अफ रामपुर पाल्पाका क्लव मेम्बर चिप चियर कृष्ण प्रसाद अर्यालले आफ्नो भनाई राख्नु भएको थियो । रोटरी क्लव अफ रामपुर पाल्पाका अध्यक्ष रुद्रनारायण श्रेष्ठले क्लवको गतिविधि सहित आगामी योजना बारे जानकारी दिनु भएको थियो ।

रोटरी क्लव अफ रामपुर पाल्पाका अध्यक्ष श्रेष्ठको अध्यक्षता रोटरी क्लव अफ रामपुर पाल्पाका इलेक्टेड प्रेसिडेण्ट सागर प्रसाद देवकोटाको स्वागत, नोमिनी प्रेसिडेण्ट कृतिनाथ श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष गोविन्द प्रसाद देवकोटाले गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com