2

Logo २०८३ बैशाख १३ आइतबार
निस्दीमा राष्ट्रपति रनिङ शिल्डको उपाधि राधाकृष्ण माविलाई

निस्दीमा राष्ट्रपति रनिङ शिल्डको उपाधि राधाकृष्ण माविलाई


Sabalnews प्रकाशित मिति : मंगलबार, माघ १७ २०७९
5.4K

पाल्पा ।

निस्दी गाउँपालिकामा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि राधाकृष्ण माध्यमिक विद्यालय बाकामलाङ्ले हात पारेको छ ।

माघ १४ गते देखि मित्यालको खेलमैदान झ्याल्टुङ्गमा सन्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा राधाकृष्ण माविले ८ स्वर्ण, १ रजत र १ कास्य गरी जम्मा १० पदक सहित उपाधि हात परेको हो । यसैगरी ६ स्वर्ण, ६ रजत र ५ कास्य गरी जम्मा १७ पदक सहित सरस्वती माध्यमिक विद्यालय गल्धा उपबिजेता बनेको छ भने बालहित माध्यमिक विद्यालय सहलकोटले ४ स्वर्ण, ७ रजत र ४ कास्य गरी जम्मा १५ वटा पदक प्राप्त गरेको छ ।

छात्र र छात्रा गरी २४ विधामा समावेश गरिएको प्रतियोगितालाई लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्नु हुदै प्रदेश सदस्य श्रेष्ठले खेलकुदको बिकासले युवा सशक्तीकरण हुने बताउदै ग्रामीण स्तरबाट यसको शुरूवात गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा स्थानीय तह स्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिका संयोजक तथा गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले खेलकुदको बिकास गर्न गाउँपालिका सदैव तत्पर रहेको बताउनुभयो ।

गाउँपालिकाका १२ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको प्रतियोगिताको पुरस्कार वितरण समारोहको सन्चालन सदस्य सचिब केश बहादुर सुनारीले गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com