2

Logo २०८३ बैशाख १३ आइतबार
निस्दी गाउँपालिकाले पहिलोपटक एकीकृत घुम्ती शिबिरबाट सेवा दियो

निस्दी गाउँपालिकाले पहिलोपटक एकीकृत घुम्ती शिबिरबाट सेवा दियो


Sabalnews प्रकाशित मिति : मंगलबार, माघ १७ २०७९
5.9K

 पाल्पा ।

निस्दी गाउँपालिकाले एकीकृत घुम्ती शिबिर संचालन गरि वडा- वडाबाट नागरिकलाई सेवा दिएको छ ।

जिल्लाको बिकट पालिका पहाडी भुभाग रहेको गाउँ बस्तीदेखि गाउँकार्यपालिकाको कार्यालय आउन टाढा र खर्चिलो हुने हुँदा पालिकाले स्थानीय स्तरमा नै सेवा दिन घुम्ती शिबिर चलाएको हो । निस्दी गाउँपालिकाले पालिकाको सबै वडा नं १ देखि ७ नम्बर वडासम्म सेवा शिबिर चलाएको गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभयो ।

‘नियमित यातायातको उपलब्धता छैन, न्युन आयस्तरका नागरिक अत्यावश्यक सेवा लिन पालिका केन्द्र धाउन अप्ठ्यारो भएको हुुँदा वडाहरुमा यो सेवा प्रवाह गरेका हौ-अध्यक्ष सारुले भन्नुुुभयो  । पालिका पुगेर सेवा लिन कतिपय वडा बस्तीका नागरिकलाई ५/७ घण्टासम्म लाग्छ, आफ्नोले गाउँ टोलबाटै गाउँपालिकाको सेवा पाउँदा स्थानीय खुशी छन् ।
संघीयताको मर्म अनुसार जनस्तरबाट सेवा दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले बताउनुभयो । आवश्यक कागजातको अभावमा काम प्रभावित हुने स्थिति धेरै रहेको बताउदै उहाँले पहिलो पटक निस्दी गा पा ले वडा स्तरमै पालिकाको सेवा दिएको जानकारी दिनुभयो ।

गाउँपालिकाले योजना सम्झौता, गरिव घरपरिवार परिचय पत्र वितरण, अपाङगता परिचय पत्र वितरण, ब्यवसाय दर्ता, सामान्य चेकजाच, औषधी प्रदान, स्वास्थ्य परामर्श तथा जेष्ठ नागरिक सम्मान लगायतका सेवा दिएको हो ।

घुम्ती सेवाबाट ७९ वटा योजनाको सम्झौता, ८ वटा योजनाको फरफारक भएको निस्दीका योजना अधिकृत अर्जुन खनालले बताउनुभयो । शिविरमा ३ सय १६ परिवारलाई गरिब घर परिवार परिचयपत्र वितरण, ४६ जनालाई अपाङ्गता परिचयपत्र, ४७ वटा व्यवसाय दर्ता तथा नवीकरण भएको छ । खनालका अनुसार ७५ वर्ष माथिका ४ सय ९५ जना जेष्ठ नागरिकलाई सम्मान, २ सय ९ जनालाई स्वास्थ्य परिक्षण, आयुवेर्दिक औषधि वितरण, २ हजार २ सय ६० पशुचौपायलाई औषधि वितरण भएको छ ।

शिविरमा आयोजना सञ्चालन सम्बन्धि अभिमुखिकरण, माटो परिक्षण नमुना संकलन अभिमुखिकरण, पञ्जीकरण, मालपोत संकलन लगायत विभिन्न सिफारिस समेत भएको थियोे । शिविरमा ३० लाख पेश्की रकम भुक्तानी गरेको लेखा अधिकृत सरोज काफ्लेले बताउनुभयो ।

घुम्ती शिबिरबाट सेवा प्रदान गर्नका लागि गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारु, गाउँपालिका उपाध्यक्ष तिरन कुमारी श्रेश्ठ, प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयाल, योजना शाखा प्रमुख अर्जुन खनाल, लेखा अधिकृत सरोज काफ्ले, स्वास्थ्य शाखा प्रमुख रेम बहादुर दिशा, महिला विकास शाखा प्रमुख बिमला आचार्य, पशु सेवा शाखाका ओम मश्राङगी, जिन्सी शाखा प्रमुख नारायण तिमिल्सिना, रोजगार सेवा केन्द्रका हरि आले, प्राविधिक शाखा प्रमुख सन्जाय खनाल, आयुर्वेद शाखा सहित प्रत्येक वडाका वडागत जनप्रतिनिधीले सेवा र व्यबस्थापनमा शिबिर चलाएको हो ।

अन्य गा पा ले नगरेको काम पहिलोपटक निस्दी गा पाले एकीकृत घुम्ती सेवा शिबिर गर्न पाउँदा निस्दी गा पा लाई अझै हौसला मिलेको गाउपालिका  अध्यक्ष सारुले बताउनु भयो । यो सेवा उत्साहित र नमुना कार्य भएको बताउदै घुम्ती सेवाले गर्दा निस्दी को बिकासका काम छिटो हुने आशा लिएको सारुले बताउनु भयो । यो सेवा कार्य निरन्तर गर्ने र करिब तीन महिना पछि स्वास्थ्य अन्तर्गत आखा शिविर राख्ने सारुले बताउनुभयो ।

एकीकृत घुम्ती सेवा नतिजा मुखी भएको र जनताको घरदैलोमा पुग्दा नयाँपनको आभास भएको प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले बताउनु भयो । एकीकृत घुम्ती सेवाले निस्दी बिकासको गति लिने बताउदै घुम्ती सेवा सबै जनप्रतिनिधि तथा कर्मचारीहरुको सहयोगमा सजिलोसँग सेवा प्रवाह भएको प्रशासकीय अधिकृत दयालले बताउनुभयो ।

एकीकृत घुम्ती सेवाले आर्थिक कार्यमा सहज भएको लेखा अधिकृत काफ्लेले बताउनुभयो । एकीकृत घुम्ती सेवाले थोरै समयमा धेरै काम गर्न सकिने र घुम्ती सेवाको अवधीमा ७०% योजना सम्झौता भएको योजना अधिकृत खनालले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com