लेखक तथा पत्रकार दामोदर न्यौपानेको कृति “घरको शिक्षा” बजारमा
काठमाडौं ।
लेखक तथा पत्रकार दामोदर न्यौपानेको पछिल्लो कृति “घरको शिक्षा” बजारमा आएको छ ।
संस्कारयुक्त मनोवैज्ञानिक सिकाइका रुपमा रहेको न्यौपानेको नवौं पुस्तक शनिबार सार्वजनिक संगै बजारमा उपलब्ध भएको हो । लालनपालन, शिक्षा र सिकाइमा केन्द्रित यो पुस्तक शिखा बुक्सले बजारमा ल्याएको हो । शिक्षक, विद्यार्थी र अभिभावकहरुप्रति लक्षित यो पुस्तक खासगरी सबैका लागि पठनिय छ ।
‘वालवालिकाहरुलाई कसरी लालनपालन गर्ने भन्नेबारे अभिभावकले शिक्षा पाएका छैनन् ।’ न्यौपानेले भने, ‘अभिभावकका आफ्नै समस्या छन् । सरल भााषामा लेखिएको पुस्तक बजारमा पाउन गार्हो छ, न्यौपानेले भन्नुभयो- पुस्तक उत्तरवाल्यअवस्थाका वालवालिकाको मनोविज्ञानमा केन्द्रित छ । यसअघि न्यौपानेले प्रारम्भिक बाल्य अवस्थामा लालनपालनका सुत्रहरु समेटेको पुस्तक “स्कुल बेच्ने बालक” बजारमा ल्याइसक्नुभएको छ । ‘घरको शिक्षा: संस्कारयुक्त मनोवैज्ञानिक सिकाइ’ अघिल्लो पुस्तक ‘स्कुल बेच्ने बालक’ को दोस्रो श्रृंखला हो । यो पुस्तक उत्तरबाल्यअवस्थामा केन्द्रित छ ।
पुस्तकमा बालव्यवहारको सुक्ष्म अध्ययन गरेर केही निचोड निकालेको न्यौपानेले बताउनुभयो । वालवालिकाको व्यवहार बुझ्न एक हप्ता अवलोकन गरिएको छ । वालवालिकाले थाहै नपाउने गरि प्राकृतिक रुपमा गरिएको अध्ययनको निचोड हो पुस्तक- घरको शिक्षा। बालमैत्री व्यवहार कसरी गर्ने भनेर अध्ययन, अनुसन्धान यो पुस्तक तयार गरेको हो । यो पुस्तकले नेपाली समाजमा बेग्लै बहस चलाउने लेखकको अपेक्षा छ । पुस्तकमा संस्कारयुक्त व्यवहार, लालनपालनका मनोवैज्ञानिक विधि र सिकाइ शैलीका सुत्र भेटिने न्यौपानेले जानकारी दिनुभयो । न्यौपानेका अनुसार पुस्तक शिक्षक, विद्यार्थी, अभिभावक, नीति निर्मातालाई उपयोगी छ ।
लेखक तथा न्यौपानेका यसअघि ‘एम्बुसमा ६ वर्ष’, ‘कर्म: सिकाइमा गहिरिएको खाडल’, ‘स्वर्णिम समय’, ‘ट्यालेन्ट शो’, ‘स्कुल बेच्ने बालक’, ‘हाडको डोको’, ‘सम्पदा लडाइँ’, ‘दास प्रथाको नया रुप’ जस्ता पुस्तक प्रकाशित छन् ।