2

Logo २०८३ बैशाख १३ आइतबार
रामपुर वचत तथा ऋण सहकारी संस्थामा नयाँ नेतृत्व चयन

रामपुर वचत तथा ऋण सहकारी संस्थामा नयाँ नेतृत्व चयन


Sabalnews प्रकाशित मिति : शुक्रबार, माघ १३ २०७९
2.9K

पाल्पा ।

रामपुर वचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाको नयाँ नेतृत्व चयन भएको छ । १३ सदस्यीय नवगठित समितिकाे अध्यक्षमा गुरुप्रसाद रेग्मी, उपाध्यक्षमा बाबुराम श्रेष्ठ, सचिवमा किर्तिनाथ श्रेष्ठ, काेषाध्यक्षमा दुर्गाप्रसाद ढकाल रहनुभएकाे छ ।

सदस्यहरुमा राजेन्द्रप्रसाद बस्ताकाेटी, हजुल मिया, बन्दना पाेखरेल, सुर्यप्रसाद खनाल, गाेविन्दप्रसाद देवकोटा, सुशीला रेग्मी, पवित्रा पाैडेल ढकाल, नारायणी सुवेदी र विकास पाैडेल रहनुभएकाे छ । लेखनाथ शर्मा मरासिनी संयाेजक रहेको तीन सदस्यीय लेखा तथा सुपरिवेक्षण समिति चयन भएको छ लेखा समिति सदस्यमा सुर्यप्रसाद श्रेष्ठ र विजयकुमार श्रेष्ठ रहनुभएकाे छ ।

समितिकाे कार्यकाल चार वर्षको रहनेछ । नयाँ कार्यसमितिलाई प्रमाणपत्र प्रदान गर्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा सहकारीका निवर्तमान अध्यक्ष राजुप्रसाद श्रेष्ठले संस्थाप्रति सधै सहयाेग रहने र सबैको मेहनत सहयाेगले अगाडि बढेको सस्थालाई एकताबद्द भई काम गर्न सुझाव दिनुभएको छ ।

निर्वाचन समितिका संयाेजक मुरारीप्रसाद काफ्लेको अध्यक्षतामा भएको कार्यक्रम संस्थाका व्यवस्थापक रामचन्द्र अधिकारीको स्वागत र निर्वाचन समिति सदस्य पशुपति खनालको संचालनमा भएको हो ।

यसैबिच नयाँ कार्यसमितिकाे पहिलो बैठक बसेकाे छ । संचालक समिति अध्यक्ष गुरुप्रसाद रेग्मीको अध्यक्षतामा बसेकाे बैठकले नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गर्न सहयाेग गराउने निर्वाचन समिति, सल्लाहकार, निर्वतमान संचालक समिति सबैलाई धन्यवाद दिने निर्णय गरेको छ ।

संचालक समितिकाे मासिक बैठक हरेक महिनाकाे ९ गते बस्ने, विभिन्न उपसमिति चयन गर्ने लगायतका विविध विषयमा छलफल भएको छ । बैठककाे संचालन समितिका सचिव किर्तिनाथ श्रेष्ठले गर्नुभएको हाे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com