खानेपानी मन्त्री अब्दुल खानले गरे बुधबार पदभार ग्रहण
काठमाडौं ।
खानेपानी मन्त्री अब्दुल खानले बुधबार पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण गर्दै खानले सरकार र पार्टीबीचको तारतम्य नमिलेर मन्त्रालय सम्हाल्न ढिलो भएको बताउनुभयो । केही नयाँ काम सहित जिम्मेवारी सम्हाल्ने योजना थियो खानले भन्नुभयो- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, खानेपानी मन्त्रालयका सचिव र एक सांसदको आग्रहमा आफू मन्त्रालय सम्हाल्न बाध्य भएको प्रष्ट पार्नुभयो ।

मन्त्रालयको विषयमा पटक पटक प्रधानमन्त्री प्रचण्डसँग छलफल भएको र उहाँको आग्रहमा आफुले मन्त्रालय सम्हालेको बताउदै मन्त्री खांनले ‘प्रधानमन्त्री प्रचण्डले काम गर्दिनुस्, राम्रो काम गर्नुभयो भने सरकार बलियो हुन्छ, सरकार काम गर्न सक्षम छ, जनतामा पुगेपछि अन्य कामहरु अगाडि बढाउन पनि सजिलो हुन्छ भनेर मन्त्रालय सम्हाल्न राजी भएको बताउनुभयो।’
खानेपानी मन्त्रालयका सचिवले ‘खानेपानीमा थुप्रै समस्या छन्, महत्वपूर्ण कामहरु गर्नु छ? समस्या समाधान गर्नुपर्ने देखिएका कारण मन्त्रालय आउनुस् मिलेर काम गरौं भनेपछि थप सकारात्मक भएको बताउनुभयो । साथै एक सांसदले पनि मन्त्रालय सम्हाल्न आग्रह गरेको स्मरण गर्दै खानेपानीमा नयाँ र प्रभावकारी काम गर्न मन्त्रालय समालेको बताउनुभयो ।
आफू केही गर्ने वाचाका साथ मन्त्रालयका सम्हाल्न आएको भन्दै मन्त्री खानले अनुशासित र इमान्दारीपूर्वक काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । ‘राम्रो र इमान्दारीपूर्वक काम गर्नेको हरहमेसा मेरो साथ रहन्छ । अरु दायाँ–बायाँ गर्न पाइँदैन इमान्दारीपूर्वक काम गर्नेको साथमा म हुन्छु ।’ उहाँले “एक घर, एक धारा”को व्यवस्था, १० हजार लिटर पानी निशुल्क, लिफ्टबाट पानी दिँदा बिजुली नि:शुल्क गर्ने जस्ता कार्यक्रम सरकारले नीति तथा कार्यक्रममा राखेको बताउनुभयो ।
खानेपानी क्षेत्रमा देखिएको समस्या समाधान गर्ने गरि आफूले काम गर्ने बताउँदै खानले गुणस्तरीय पानीको परीक्षणका लागि एउटा इकाई बनाएर अस्पताल र विमानस्थल लगायतका विभिन्न सार्वजनिक ठाउँमा पानी परीक्षणको व्यवस्था मिलाउने बताउनुभयो।