2

Logo २०८३ बैशाख १३ आइतबार
जुनतारा युवा क्लबद्दारा आयोजित भलिबल प्रतियोगितामा सोमबार ३ खेल सम्पन्न

जुनतारा युवा क्लबद्दारा आयोजित भलिबल प्रतियोगितामा सोमबार ३ खेल सम्पन्न


Sabalnews प्रकाशित मिति : सोमबार, माघ ९ २०७९
2.5K

पाल्पा ।

जुनतारा युवा क्लबको आयोजनामा पाल्पाको रामपुरमा जारी भलिबल प्रतियोगितामा सोमबार पनि ३ खेल सम्पन्न भएको छ ।
क्लबको बार्षिकोत्सवको अबसरमा आयोजित महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत महिला तर्फ एक खेल र पुरुष तर्फ २ खेल भएको आयोजकले जानकारी दिएको छ ।
सोमबारको पहिलो खेल महिला भलिबल प्रतियोगिता भएको थियो । जसमा रामपुर ४ र रामपुर १० बिच भएकोमा रामपुर ४ ले २५-२१ र २५-११ को सोझो सेटमा जित हात पार्न सफल भएको क्लबका अध्यक्ष राजन आलेले जानकारी दिनुभयो ।

सोमबार नै भएको पुरुष भलिबल तर्फको पहिलो खेलमा रामपुर ६ बिजयी भएको छ । रामपुर ६ र रामपुर १० बिचको खेलमा २-१ सेटले रामपुर ६ बिजयी भएको हो ।
पहिलो सेट १० नम्बर वडाले २५-२२ ले जितेकोमा दोस्रो सेट २७-२५ र तेस्रो सेट १५-११ ले लगातार वडा नम्बर ६ ले जितेको थियो ।

पुरुष तर्फ दोस्रो तथा सोमबारको अन्तिम खेलमा रामपुर ३ र रामपुर ८ भिडेका थिए । जसमा २५-१८ र २५-१९ को सोझो सेटमा रामपुर ३ ले खेल जितेको हो ।

खेल र खेलाडीको उत्थानका लागि भलिबल खेल आयोजना गरेको क्लबका अध्यक्ष आलेले बताउनुभयो । मंगलबार ४ वटा खेल खेलाउने तयारीमा क्लब रहेको क्लबका कोषाध्यक्ष गोबिन्द रानाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com