2

Logo २०८३ बैशाख १३ आइतबार
दोस्रो बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड मनोनयन खुल्ला

दोस्रो बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड मनोनयन खुल्ला


Sabalnews प्रकाशित मिति : बिहिबार, माघ ५ २०७९
1K

लुम्बिनी ।

बिशाल मुभिजको आयोजनामा दोस्रो बिशाल लुम्बिनी लोक दोहोरी अवार्डको मनोनयन खुला भएको छ ।

यही माघ १ गते बाट अवार्डको मनोनयन फाराम खुल्ला गरिएको छ । लोक तथा दोहोरी बिधा संग सम्बन्धित रहेर ३२ विधामा अवार्ड गर्न लागिएको अवार्ड कार्यक्रमका
संयोजक धिरज खत्रीले जानकारी दिनुभयो ।

२०७८ बैसाख देखि २०७९ मंसीर सम्म बजारमा आएका गीतहरुलाई अवार्डमा समाबेश गरिने साथै यही फागुनको पहिलो साता उत्कृट पाँचको मनोनयन सार्वजनिक गरिने आयोजकले जनाएको छ । यसका साथै चैतको पहिलो साता अवार्डको फाइनल कार्यक्रम गरिने आयोजक संस्था बिशाल मुभिजका अध्यक्ष हुम गैरेले बताउनुभयो । ७ सदस्यीय जुरी निर्णयक रहेको अवार्डमा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएपछि भोटीङ सुरु हुनेछ ।

एसएमएस भोटिङ्गबाट आएको मतलाई ४० प्रतिशत मान्यता दिईने छ भने ५० प्रतिशत निर्णयक मण्डलको र १० प्रतिशत आयोजकको निर्णय लागु हुने अवार्ड कार्यक्रमका संयोजक खत्रीले जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com