2

Logo २०८३ बैशाख १३ आइतबार
लुम्बिनीको सभामुखमा पाल्पाली हुने पक्का

लुम्बिनीको सभामुखमा पाल्पाली हुने पक्का


Sabalnews प्रकाशित मिति : सोमबार, माघ २ २०७९
1K

लुम्बिनी ।

लुम्बिनी प्रदेशको सभामुख र उपसभामुखमा मनोनयन दर्ता भएको छ । लुम्बिनी प्रदेशको सभामुखमा पाल्पाका तुलाराम घर्तीकाे एकल उम्मेद्वारी परेकाे छ ।

सभामुखमा नेकपा माओवादी केन्द्रका नेता पाल्पा २,२ का सांसद तुलाराम घर्तीको मात्रै उम्मेदवारी परेको हो। सभामूखमा एक जनाको मात्र उम्मेदवारी परेपछि घर्ती सभामुख हुने पक्कापक्की भएको छ । सभामुखमा एक जना र उपसभामुखमा तीन जनाको मनोनयन दर्ता भएको संसद सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयाे ।

सभामुख पदको प्रस्तावकमा बुटवलका एमाले नेता तथा प्रदेश सभा सदस्य भूमिश्वर ढकाल र समर्थकमा राप्रपा संसदीय दलका नेता आशिषकुमार चौधरी रहेका छन् । सत्ता गठबन्धनले उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गुल्मीकी समानुपातिक सांसद मेनुका खाण केसीलाई उम्मेदवार बनाएको छ ।

उपसभामुखको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका नेता तथा प्रदेश सभा सदस्य इन्द्रजित थारु र समर्थकमा जनमत पार्टीका संसदीय दलका नेता चन्द्रशेक गुप्ता रहेका छन् । सत्तारुढ दलले सुरुमा मनोनयन दर्ता गराएका थिए ।

त्यसपछि नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टी उम्मेदवारी दर्ता गराएका थिए । यी दुबै पार्टीले उपसभामुख पदमा छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएको संसद सचिवालयका सचिव पुनले बताउनुभयो ।

कांग्रेसले नवलपरासीको निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित विश्वप्रेम पाठकलाई उम्मेदवार बनाएको छ । उहाँको प्रतावक प्रदेश सभा सदस्य बसिउद्दिन खाँ र समर्थकमा राजु खनाल बसेका छन् । नागरिक उन्मुक्ति पार्टीले रुपन्देहीकी समानुपातिक सांसद निर्मलादेवी चौधरीलाई उम्मेदवार बनाएको छ । उनको प्रस्तावकमा प्रदेश सभा सदस्य नरमाया ढकाल र समर्थकमा संसदीय दलका नेता धर्म चौधरी बसेका छन् ।

नागरिक उन्मुक्ति पार्टीले सत्ता गठबन्धन भन्दा छुट्टै उम्मेदवारी खडा गरेपछि गठबन्धनबाट अलग हुने खोजेको अनुमान गरिएको छ । प्रदेशसभा सचिवालयले दिउँसो १ बजेदेखि ५ बजेसम्म उम्मेदवारको नाम दर्ता गर्ने समय सीमा तोकेको थियो । मंगलबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकको सुरुमा सभामुखको उम्मेदवारी प्रस्ताव हुने छ । सभामुख निर्वाचित भएपछि मात्रै उपसभामुखको निर्वाचन प्रक्रिया सुरु हुनेछ ।

सभामुख वा उपसभामुख मध्ये एक जना महिला हुनुपर्ने संबैधानिक ब्यवस्था छ । लुम्बिनी प्रदेशसभा ८७ सदस्यीय रहेको छ । नेकपा एमालेका २९, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४/४ जना, जसपा, जनमत र लोसपाका ३/३ जना र २ स्वतन्त्र सांसदहरू गरि कुल ५८ जना सांसदहरुले मुख्यमन्त्री बन्दा एमालेका लिला गिरीलाई समर्थन गरेका थिए ।

नागरिक उनमुक्ति पार्टी गठबन्धनबाट बाहिरिए गठबन्धनका पक्षमा ५४ मत रहने देखिएको छ । त्यस्तै बिपक्षी नेपाली कांग्रेसका २७ सांसद , एउटा मात्रै सांसद रहेका नेकपा एकीकृत समाजबादी र जनमोर्चा समेत गरि २९ जना सांसद रहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com