2

Logo २०८३ बैशाख १३ आइतबार
माथागढी चिदीपानीको विकासका लागि काठमाडौंमा अन्तरक्रिया

माथागढी चिदीपानीको विकासका लागि काठमाडौंमा अन्तरक्रिया


Sabalnews प्रकाशित मिति : सोमबार, माघ २ २०७९
1K

काठमाडौं ।

माथागढी गाउँपालिका वडा नं. १ चिदीपानीको समग्र विकास र संभावनाका लागि काठमाडौंमा सरोकारवाला बिच अन्तरक्रिया भएको छ ।

अन्तरक्रियामा माथागढी घर भई हाल विभिन्न पेशा, व्यवसाय, उच्च शिक्षाको सिलसिलामा काठमाण्डौं बस्दै आउनुभएका माथागढीबासी संग छलफल भएकाे हो ।

कार्यक्रम चिदीपानीमा जन्म भई हाल काठमाडौ बसोबास गर्ने नेपाल सरकारका विभिन्न तहकाे पदमा बहालवाला र सेवा निवृत्त कर्मचारीहरु रामबाबु नेपाल, राजेन्द्र नेपाल, श्रीकृष्ण नेपाल, गोबिन्द नेपाल, ध्रुब नेपाल, राजेश पन्थी, श्रीधर पन्थी, कल्पना घिमिरे, सैलज नेपाल, सोभाखर आचार्य, केसब आचार्य, भवानि आचार्य, विष्नु आचार्य, विजयदीप पन्थी लगायतको उपस्थिति रहेको थियो ।

छलफल कार्यक्रममा पाल्पा क्षेत्र न १ का प्रतिनिधिसभा सदस्य नारायण प्रसाद आचार्य, क्षेत्र न २ का प्रतिनिधिसभा सदस्य ठाकुर गैरेको विशेष उपस्थिति रहेको थियो । समग्र माथागढी गाउपालिकाको साथै वडा न १ चिदीपानीको सडक, शिक्षा स्वास्थ्य, कृषि पशु पर्यटन लगायत समग्र पक्षको विकासमा योजना बनाएर सबै क्षेत्रबाट लाग्ने प्रतिबद्धता सहभागीहरूबाट जनाइएको छ ।

ज्ञानोदय प्राविकाे भवन निर्माण र वडा कार्यालय भवन निर्माण जग्गा प्राप्ति प्रक्रिया चिदीपानीका नागरिकलाइ बिरौटा धैरेनि अगाखोला-रुमलडाडा बिहादिधाम मो बा,फेदी यामकुना चिदीपानी गोतामेघाट मोटरबाटाे र बधवारी बुढीकोट भुटुके जाउपोखरा मोटरबाटाे, गोतामेघाट पक्की पुल, दोहोरा पक्की पुल, फेदीदेखि बधवारीसम्म चिदीपानी बृहत् सिंचाइ याेजनाकाे विषयमा छलफल भएकाे थियाे ।

त्यस्तै,अगाहखोला क्षेत्रको सिंचाइ चिदीपानी भित्रका खानेपानी समस्या समाधानमा समेत सबै क्षेत्रबाट पहल गर्ने प्रतिबद्धता जनाइएको छ । छलफलबाट विज्ञ समिति मार्फत समग्र विकासको प्रस्ताबना निर्माण गरी अगाडि बढ्ने निर्णय समेत भएको छ । कार्यक्रम माथागढी १ चिदीपानी वडा कार्यालयको आयोजनामा वडा अध्यक्ष राजकुमार पन्थीको अध्यक्षतामा भएको कार्यक्रमकाे संचालन कृष्ण पन्थीले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com