2

Logo २०८३ बैशाख १३ आइतबार
विमान दुर्घटनाको शोकमा सोमबार सार्वजनिक बिदा, ५ सदस्यीय छानबिन समिति गठन

विमान दुर्घटनाको शोकमा सोमबार सार्वजनिक बिदा, ५ सदस्यीय छानबिन समिति गठन


Sabalnews प्रकाशित मिति : आइतबार, माघ १ २०७९
806

काठमाडौं ।

सरकारले माघ २ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले पोखरा विमान दुर्घटना प्रति दु:ख व्यक्त गर्दै सोमबार बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिनुभयो ।

पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको शोकपूर्ण घटनाका कारण माघ २ मा एकदिन सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्री पौडेलले बताउनुभयो ।

आइतबार काठमाडौंबाट पोखराका लागी उडेको यति एयर प्रालिको एनवाईटी–६९१, ९एन–एएनसी विमान १० बजेर ५० मिनेटमा पोखरा टावरसँग सम्पर्कपछि दुर्घटना भएको थियो ।

पोखरा महानगरपालिका–१७ घारिपाटन स्थित सेतीको खोँचबाट ४० जनाको शव निकालिएको प्रहरीले जनाएको छ । विमानमा ६८ यात्रु सवार थिए ।

यसैबीच, सरकारले विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गएको छ । समितिले ४५ दिनभित्र प्रतिबेदन बुझाउनुपर्नेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com