2

Logo २०८३ बैशाख १३ आइतबार
दुर्घटना ग्रस्त यही बिमानले गरेको थियो पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलको डेमो उडान

दुर्घटना ग्रस्त यही बिमानले गरेको थियो पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलको डेमो उडान


Sabalnews प्रकाशित मिति : आइतबार, माघ १ २०७९
484

पोखरा ।

पोखरामा निर्माण सम्पन्न भएर अन्तर्राष्ट्रिय विमानको पर्खाइमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यही ७ पुसमा नेपालको निजी वायु सेवा कम्पनी यती एयरलाइन्सको यही  विमानले सफलतापूर्ण डेमो उडान गरेको थियो।

यती एयरलाइन्सको ९ एन–एएनसी कल साइनको सो विमान आज दुर्घटनामा परेको छ । १५ वर्ष पुरानो बिमान काठमाडौंबाट ६८ यात्रु र चालक दलका सदस्यसहित ७२ जना बोकेर पोखरा उडेको थियो । विमान आइतबार बिहान पोखरास्थित सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा २९ जनाको मृत्यु भइसकेको पुष्टि नागरिक उड्डयन प्राधिकरणले गरेको छ । अहिले पनि दुर्घटनास्थलमा उद्धार जारी छ ।

यो विमान आकाशमा विगत १५ वर्षदेखि उडिरहेको थियो । सन् २००७  मा बनेको यो विमानले पहिलो उडान १ अगस्ट २००७ मा भरेको थियो । फ्रान्सेली–इटालियन कन्सोर्टियम विमान यती एयरलाइन्सले सञ्चालन गर्नुअघि दुईवटा अन्य विमान कम्पनीले सञ्चालन गर्थे ।

भारतीय विमान कम्पनी किङफिसरले २०१३ सम्म सञ्चालन गरेको थियो भने त्यसपछि थाइल्यान्डको नोक एयरले सञ्चालन गरेको थियो । ७५४ सिरियल नम्बरको यो विमान यती एयरलाइन्सले सन् २०१९ मा किनेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com