2

Logo २०८३ बैशाख १३ आइतबार
सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई बैंक रामपुरद्दारा अस्पतालमा सहयोग

सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई बैंक रामपुरद्दारा अस्पतालमा सहयोग


Sabalnews प्रकाशित मिति : शुक्रबार, पौस २९ २०७९
1.4K

पाल्पा ।

ग्लोबल आइएमई बैक शाखा कार्यलय रामपुर पाल्पाले सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालमा बिरामीका लागि सामग्री हस्तान्तरण गरेको छ ।

रामपुरमा रहेको कालीगण्डकी आँखा उपचार केन्द्र(आँखा अस्पताल) का लागि बैंकले स्टेचर सहितको २ थान बेड सहयोग गरेको हो । ग्लोबल आइएमई बैक रामपुर शाखाका प्रमुख बाबुराम लम्साल सहितको उपस्थितिमा कालीगण्डकी आँखा तथा कान उपचार केन्द्र रामपुरमा स्टेचर तथा बेड गरि ४० हजार बराबरको सहयोग गरेको हो ।

अस्पतालमा आँखाको अप्रेसन गरेपछि विरामीले आराम गर्ने बेड तथा स्टेचरको समस्या देखेपछि संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग गर्दै आएको ग्लोबल आइएमइ बैक शाखा कार्यालय रामपुरका प्रमुख लम्सालले बताउनुभयो। ग्लोबल आइएमइ बैक नाफा मुखि मात्र नभइ सामाजिक भावनाका साथ विभिन्न सेवा क्षेत्रमा सहयोग गर्दै आएको छ ।

अस्पतालका कार्यबाहक अध्यक्ष विनोद कुमार पोखरेल र व्यवस्थापक सुन्दर रानालाइ ग्लोबल आईएमइ बैक रामपुर शाखाका प्रमुख लम्सालले शैक्षिक सामाग्री प्रदान गर्नु भएको हो । शाखा कार्यलय रामपुरले विगतमा पनि १०० गन्तव्य भित्र परेको पर्यटकिय क्षेत्र तालपोखरामा पर्यटकीय हब गराउन सहयोग २ वटा सिटर १ लाख बराबरको र शाखाको सेवाक्षेत्र  तथा जेहेन्दार विद्यार्थीहरु रामतुलसी मावि गंगा मावि ,दरैठाँटि माविको २ २जना र सिताराम माविको १ जना गरी जम्मा ७ जना विद्याथिलाइ छात्रबृद्धि प्रदान गरेको प्रमुख लम्सालले बताउनु भयो । बैकले आगामि दिनमा पनि विभिन्न क्षेत्रमा सहयोग गदै जाने उहाँले बताउनुभयो । शाखा कार्यलय रामपुरले कालिगण्डकी आखा अस्पतालमा पुगेर गरेको सहयोग प्रति कार्यबाहक अध्यक्ष विनोद कुमार पोखरेलले धन्यबाद दिनुभयो ।

कार्यक्रमको संचालन शाखा कार्यालयका रिलेशन सिप मेनेजर कष्ण भट्टराइले गर्नुभएको हो । शाखाले अप्रेसन शिविरकै अवश्वर पारेर अस्पतालमै पुगेर सामाग्री प्रदान गरेकोमा अप्रेसनमा आएका विरामी हरुपनि खुशी भएको शाखाका कर्मचारी सुदिप गौतमले जानकारी गराउनु भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com