निस्दीको काउलेडाडामा पाचौं अध्यक्ष कप शुरु
पाल्पा ।
निस्दी गाउँपालिकाको पाचौ अध्यक्ष कप पर्यटकीय स्थल निस्दी ३ झिरुवासको काउलेडाडामा शुरु भएको छ ।
अध्यक्ष कप प्रतियोगिता तर्फ पुरुष तथा महिला भलिबल खेलको आयोजना गरेको हो । उद्घाटन कार्यक्रमका अबसरमा निस्दी गाउपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले खेलको विकास र युवा सक्रियतालाई खेलले जोगाईरहने बताउनुभयो ।
पर्यटकीय काउलेडाडामा अध्यक्ष कप आयोजनाले अम्रिसो घारी काउलेडाडको थप प्रचारमाटेवा पुर्याउने स्थानीय समाजसेवी दमन पाटाले बताउनुभयो ।
निस्दी ३ नम्बर वडा अध्यक्ष नवीन थापा सोतिको अध्यक्षतामा कार्यक्रम भएको हो ।