2

Logo २०८३ बैशाख १३ आइतबार
नेपाली समाज युएईको अध्यक्षमा पाल्पाली अर्याल

नेपाली समाज युएईको अध्यक्षमा पाल्पाली अर्याल


Sabalnews प्रकाशित मिति : बिहिबार, पौस २८ २०७९
1.7K

दुबई ।

नेपाली समाज युएईको १५ औ महाधिवेशनले पाल्पाली युवा  बेद प्रसाद अर्याललाई अध्यक्षमा सर्वसहमत निर्वाचित गरेको छ ।

लामो समयदेखि युएईमा रहेर कम संगै सामाजिक कार्यमा सक्रिय अर्याल समाजको निवर्तमान महासचिव हुँदै अध्यक्ष हुनुभएको हो । पाल्पा निस्दी ५ गल्धाका अर्याल पाल्पाली समाज युएईको १ कार्यकाल अध्यक्ष र महासचिव भएर काम गरिसक्नु भएको छ ।

अधिबेशनले समाजको पार्षद अध्यक्षमा राम मुक्तान, उपाध्यक्षमा कमल गिरी, भुवन थापा मगर, रेशम खनाल, महासचिवमा केदार कुवर, सचीवमा प्रकाश बडु, कोषाध्यक्षमा बाबुराम सुनार, सह-कोषाध्यक्षमा बिष्णु पन्थीलाई चयन गरेको छ ।

अधिबेशनका अबसरमा नेपाली समाज युएईले कोभिडको महामारीका समयमा गरेको सामाजिक कार्यको मुल्यांकन गर्दै विभिन्न व्यक्ति सस्थालाई सम्मान गरेको छ ।

अधिबेशन समाजका निवर्तमान अध्यक्ष गोबिन्द ढकालको अध्यक्षतामा भएको हो । कार्यक्रममा अध्यक्ष ढकालले युएईमा रहेका सम्पुर्ण राजनीतिक बैचारिक संगठन र अरु विभिन्न संगठनहरुले दिएको साथ र हौसला प्रति धन्यवाद दिदै सबैले  समाजको गरिमा अडिक राख्नुपर्नेमा जोड दिनुभयो ।

नवनिर्वाचित नेपाली समाजका अध्यक्ष बेद प्रसाद अर्यालले सबैको साथ सहकार्य र हौसलाबाट निर्वाचित समाज अझ कटिबद्ध भएर नेपालीको सेवामा लाग्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले युएईमा रहेका नेपालीलाई कुनै पनि दु:ख, कष्ट, जालझेल नपरोस् भनेर समाज दत्तचित्त रहने बताउदै नेपाल र नेपालीको हितको लागि काम गर्ने बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com