पृथ्वी जयन्तीमा सार्वजनिक विदा
काठमाडौं ।
पृथ्वी जयन्तीको दिन पुस २७ गते सरकारले सार्वजनिक बिदा दिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुष २७ मा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
साथै मन्त्रिपरिषद्ले सरकारको न्यूनतम कार्यक्रम मन्त्रिपरिषदबाट पास गरि कार्यान्वयन गर्ने निर्णय गरेको छ ।”
सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राख्दै आएको मागलाई सम्बोधन गर्दै सरकारले २७ पुसमा बिदा दिने निर्णय गरेको हो ।
आज सार्वजनिक गरिएको सत्ता साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रममा पनि २७ पुसमा सार्वजनिक बिदा दिने उल्लेख छ । सरकारको न्यूनतम साझा कार्यक्रमलाई आजको मन्त्रिपरिषद् बैठकले पारित गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरिसकेको राप्रपाले न्यूनतम् साझा कार्यक्रम, कम्तीमा तीन मन्त्रालय र पृथ्वीजयन्तीलाई राष्ट्रिय दिवसका रूपमा मनाउनुपर्ने माग गर्दै आएको थियो ।