2

Logo २०८३ बैशाख १३ आइतबार
मानव बेचबिखन बिरुद्ध प्रशिक्षण कार्यक्रम

मानव बेचबिखन बिरुद्ध प्रशिक्षण कार्यक्रम


Sabalnews प्रकाशित मिति : मंगलबार, पौस २६ २०७९
505

पाल्पा ।

विद्यार्थीमा असल कर्मको अभावमा नेपालमा धेरै कम उमेरका युवा युवतीहरुले जिवनमा समस्या झेल्नुपरेको छ ।

विद्यार्थीलाई सचेतना दिन प्रहरीक कार्यालय रामपुर र प्रहरी साझेदारी कार्यक्रम मार्फत विद्यार्थीलाई मानव बेचबिखन, सवारी दुर्घटना, लागुऔषध दुव्र्यसनी सम्बन्धी अभियानका रुपमा स्कुल स्कुल पुगेर सचेतना दिइएको छ ।

नियन्त्रण तथा न्यूनीकरणको लागि ईलाका प्रहरी कार्यालय रामपुरले बिहान ०८ः३० बजे देखि १०ः०० बजे सम्म रामपुर नगरपालिका स्थित रहेको रामपुर ईङलिस बोर्डिङ स्कूलमा सोही मा.बि.को कक्षा १०,११ र १२ मा अध्ययनरत अं १०० जना बिधार्थीहरु, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिलाई जनचेतनामुलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त प्रशिक्षण कार्यक्रम ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भोजराज पाण्डेय र प्रहरी साझेदारी कार्यक्रम सदस्य सीता डोेटेलले प्रशिक्षणको क्रममा मानब बेचबिखनको अबस्था, कारण र कानुनी प्रावधानको वारेमा सहजिकरण गर्नुभयो । जाडरक्सी, जुवातास, घरको आर्थिक अबस्था, तत्कालै सम्पन्न भइन्छ भन्ने महत्वाकांक्षाले भारत सहितका देशमा काम गर्न महिलाहरु बढी हौसिने प्रबृत्ति, जाचबुझ र सोधखोज बिनै नचिनेको व्यक्तिको भर पर्नु लगायतका कारणबारे सहजिकरण गरिएको थियो । साथै विद्यार्थीलाई सवारी दुर्घटना भनेको के हो ? र कसरी हुन्छ ? सवारी साधनहरु चलाउदा ध्यान दिनु पर्ने कुराहरु के के हुन ? तथा सवारी दुर्घटना के कसरी नियन्त्रण र न्यूनीकरण गर्न सकिन्छ र दुर्घटना भएको अबस्थामा सवारी ऐन २०४९ लगायतका कानूनहरुले के कस्तो क्षतिपुर्ति तथा दण्ड सजायको व्यवस्था गरेको छ ?

समुदाय प्रहरी वडा समिति वार्ड नं ५ का वडा सदस्य काशिनाथ रेग्मीको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा निरीक्षक पाण्डेले रामपुर न.पा. तथा निस्दी गाउंपालिका स्थित रहेका सबै मा.बि. तथा उच्च मा.वि. एवं कलेजहरुमा समेत निरन्तर रुपमा ट्राफिक सम्बन्धि प्रशिक्षणको अलावा साइवर अपराध, लागु औषध र मानव बेचबिखन लगायतका अन्य सामाजिक अपराधहरुका बिषयहरुमा समितिले निरन्तर चेतनामुलक प्रशिक्षण गरिने जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com