पेट्रोलियम पदार्थको मुल्य घट्यो, एलपी ग्यासको मुल्य भने यथावत्
काठमाडौं ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।आइतबार राती १२ बजेदेखी लागू हुने गरि पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धनको मूल्य घटाएको निगमले जनाएको छ ।
पेट्रोल, डिजेल र मट्टीतेलमा सम्मान ३/३ रुपैया घटाएको निगमले हवाई इन्धन तर्फ बाह्यमा ३० ररुपैया र आन्तरिक हवाईमा २० रूपैया घटाएको हो ।
मूल्य समायोजनपछिको पेट्रोलको मुल्य १७५ पुगेको छ । डिजल र मट्टीतेलको मुल्य १७२ भएको छ । एलपी ग्यासको मूल्य यथावत छ ।
गत बिहिवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाणिज्य तथा आपूर्ति सचिवलाई पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिनुभएको थियो ।