2

Logo २०८३ बैशाख १३ आइतबार
प्रधानमन्त्री कप राष्ट्रिय महिला टी-२० क्रिकेट प्रतियोगिता इटहरीमा हुने

प्रधानमन्त्री कप राष्ट्रिय महिला टी-२० क्रिकेट प्रतियोगिता इटहरीमा हुने


Sabalnews प्रकाशित मिति : बुधबार, पौस २० २०७९
729

काठमाडौं ।

प्रधानमन्त्री कप राष्ट्रिय महिला टी-२० क्रिकेट प्रतियोगिता सुनसरीको इटहरीमा हुने भएको छ।

नेपाल क्रिकेट सङ्घको आयोजना र सुनसरी क्रिकेट सङ्घको सह-आयोजनामा लिग कप नकआउट प्रतियोगिता हुने भएको हो। प्रतियोगिता पुस २९ देखि माघ ८ गतेसम्म सञ्चालन हुनेछ।

इटहरी-९ स्थित जनता क्रिकेट पार्कमा राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा सञ्चालन हुने प्रतियोगितामा ७ वटा प्रदेश र विभागीय टोली नेपाल एपीएफ क्लब गरी ८ टिम सहभागी रहने आयोजकले बताएको छ। ८ टिमलाई दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइने छ।

विजेता टोलीले नगद ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त आयोजकले बताएको छ। प्रतियोगिताको उत्कृष्ट खेलाडीले ३० हजार, उत्कृष्ट ब्याटरले २० हजार र उत्कृष्ट बलरलाई २० हजार रुपैयाँ प्रदान गरिने आयोजकको भनाइ छ।

साथै, प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई नगद ३ हजार प्रदान गरिने छ। प्रतियोगितामा कुल १ करोड १३ लाख रुपैयाँ बजेट लाग्ने अनुमान आायेजकको छ।

राष्ट्रिय खेलकुद परिषद्ले ४० लाख र बाँकी रकम नेपाल क्रिकेट सङ्घले व्यवस्थापन गर्ने सहमति भएको छ। खेलकुद पर्यटन नै विकास समृद्धिको आधार भन्ने नारासहित प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com