नेपाल प्रेस युनियन गण्डकी प्रदेश समिति टंक अधिकारीको नेतृत्वमा
पोखरा ।
नेपाल प्रेस युनियन गण्डकी प्रदेशको प्रथम अधिवेशनले सर्वसमहतिमा टंक अधिकारीको अध्यक्षतामा नेपाल प्रेस युनियन गण्डकी प्रदेश गठन गरेको छ ।
समितिको महिला उपाध्यक्षमा संगिता केसी, समावेशी उपाध्यक्षमा शारदा झेडी, महासचिवमा प्रकाश ढकाल, सचिवमा नारायण रिजाल, महिला सचिवमा अन्जना तिमिल्सिना, समावेशी सचिवमा मोहम्मद अलि मिया, कोषाध्यक्षमा सन्देश पौडेल रहनुभएको छ ।
कार्यसमिति सदस्यहरुमा शंकरराज नहर्की, गिता लामीछाने, सुभाष पौडेल, ऋषि बस्याल, रीमा शाही, खगेन्द्र भण्डारी, देवराज पुरी, प्रेम चन्द्र रौनियार, गोविन्द लामिछाने, गिता खत्री र निरज अधिकारी चयन हुनुभएको छ ।
अधिबेशनले लेखा समिति संयोजकमा राधाकृष्ण डुम्रेलाई चयन गरेको पत्रकार सरिता तिम्सिना पङेनीले जानकारी दिनुभयो ।