2

Logo २०८३ बैशाख १३ आइतबार
पाल्पाको निस्दी गाउँपालिकाद्दारा ४ पत्रकार सम्मानित

पाल्पाको निस्दी गाउँपालिकाद्दारा ४ पत्रकार सम्मानित


Sabalnews प्रकाशित मिति : बुधबार, पौस २० २०७९
2.3K

पाल्पा ।

पाल्पाको निस्दी गाउँपालिकाले विभिन्न सञ्चार माध्यममा काम गर्ने निस्दीका ४ जना पत्रकारहरुलाई सम्मान गरेको छ ।

निस्दी पालिकाको १२ औं हिउँदे अधिवेशनको अवसरमा मिडियाका माध्यमबाट निस्दीका बिषयबस्तु उठान, प्रचारप्रसार र आबश्यकता झल्काउन महत्वपुर्ण भुमिका खेलेको भन्दै पत्रकारलाई सम्मान गरेको गाउँपालिकाले जनाएको छ ।

निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारु, उपाध्यक्ष तिरन कुमारी श्रेष्ठ सहित गाउँपालिका टिमले पत्रकारलाई सम्मान गरेको थियो ।

नेपाल पत्रकार महासंघ पाल्पाका जिल्ला सदस्य धनबहादुर ठाडा, बोलीखबर डटकमका सहसम्पादक प्रेमकान्छा मगर, सामुदायिक रेडियो रामपुरका प्रतिनिधी होम राईमगर र परेवा खबर डटकमका संचालक पुनाराम सुनारीलाई सम्मान पत्र,  मोबाईल र ढाकाको झोला प्रदान गरि सम्मान गरेको हो ।

निस्दी गाउँपालिकाका योजना अधिकृत अजुर्न खनालले सम्रग निस्दीको विकास तथा हरेक सूचना, सन्देश तथा समाचारहरु सम्प्रेषण र नागरिकलाई सुसूचित गराउने कार्यमा योगदान पुर्याएको भन्दै सम्मान गरेको हो ।

गाउँसभाको अवसरमा पालिकाले विभिन्न क्षेत्रमा योगदान पुर्याउनुहुने अन्य व्यक्तिलाई समेत सम्मान तथा पुरस्कार प्रदान गरेको थियो । उत्कृष्ट शिक्षक, प्रधानाध्यापक, उपभोक्ता समुह, सहकारी संस्था, कर्मचारीलाई सम्मान पत्र, नगद, मायाको चिनो र दोसल्लाले सम्मान गरेको हो ।

सोमबार सम्पन्न हिउँदे अधिवेशनले आर्थिक वर्ष २०७९/०८० को स्वीकृत योजना तथा रकमान्तर सहित कुल ४ करोड ५६ लाख ४० हजार बराबरको योजना तथा कार्यक्रम पास गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com