योजना सन्चालन सम्बधी उपभोक्तालाई प्रशिक्षण
पाल्पा ।
टाेल विकास संस्था तथा उपभोक्ता समितिलाई अभिमुखिकरण कार्यक्रम रामपुर नगरपालिका वडा नं ५ मा भएको छ ।
वडाका सबै टोल बिकास समिति, र वडामा संचालित योजनाका जिम्मेवार प्रतिनिधि, उपभोक्तालाई योजना माग, छनौट देखि, चरण पार गरि फर्यौट सम्मको अबस्थाबारे जानकारी दिइएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्याैपानेले कार्यक्रमकाे सहजिकरण गर्नुुहुदै गाउँ टाेल, वडाका याेजना सम्पन्न गर्न उपभोक्ता समितिले गर्नुपर्ने जिम्मेवारीका सन्दर्भमा जानकारी गराउनुभएकाे छ ।
न्यौपानेले योजना संचालन हुँदा टोल बिकास सस्था र उपभोक्ता समिति जिम्मेवार हुने भएकोले उपभोक्ता समितिको काम कर्तव्य, योजना आबश्यकता, छनौट,योजना संचालनमा स्थानीयको सरोकार, योजना शुरुदेखि सम्पन्न गर्दा सम्मका ७ चरणका बिषयमा जानकारी दिनुभयो ।
नगरपालिकाका प्राबिधिक प्रमुख इन्जिनियर रन्जन न्यौपानेले योजना सन्चालन गर्दा उपभोक्ताले अपनाउनुपर्ने प्रबिधी र प्राबिधिक पक्षबारे जानकारी दिदै योजना सम्झौता पछि स्टमेट, गिटीबालुवा, सिमेन्टको प्रयोग, फाउण्डेशन, वालदेखि ढलान र प्रयोग गरिने बस्तुको गुणस्तरका बारेमा जानकारी गराउनुभयो । उहाँले समयमै प्राबिधिक जाच गरि समयमा नै योजना सक्न उपभोक्तालाई अनुरोध गर्नुभयो ।
नगरपालिकाका लेखा शाखा प्रमुख सीता न्याैपानेले योजनाका कागजात,हाजिर, बिल भरपाई, चरणगत फोटो सहित सम्झौता देखि पुर्ण पैसा झिक्ने अबस्थासम्मका कागजपत्र सुरक्षित बिषयमा जानकारी दिनुभयो ।
रामपुर नगरपालिका ५ का वडाध्यक्ष दुर्गाप्रसाद पाेखरेलकाे अध्यक्षता, वडा सदस्य नरेन्द्रकुमार जर्घाको स्वागत र सद्सय माया नेपालीको धन्यवाद ज्ञापन र कार्यक्रमकाे संचालन वडा सचिव रजनी भण्डारीले गर्नुभएको हाे ।