2

Logo २०८३ बैशाख १३ आइतबार
प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिनुहुने

प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिनुहुने


Sabalnews प्रकाशित मिति : सोमबार, पौस १८ २०७९
596

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी पुष २६ गते विश्वासको मत लिनुहुने भएको छ । आज साेमवार सङ्घीय संसद्का महासचिवलाई पत्र लेखी २६ गते विश्वासको मत लिने व्यवस्था मिलाइदिन प्रधानमन्त्री प्रचण्डले आग्रह गर्नुभएको हो । प्रचण्डले विश्वासको मत पाएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने बताउनुभएको छ ।

कसैको बहुमत नआएपछि मिलेर बनेकाे सरकारका प्रधानमन्त्रीले प्रतिनिधि सभाको विश्वास लिनुपर्ने संवैधानिक  व्यबस्था छ । २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा विश्वासको मत लिन प्रधानमन्त्रीले १ सय ३८ सांसदको समर्थन चाहिन्छ । प्रतिनिधि सभाको पहिलो बैठक यही पुस २५ गते बस्दैछ ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुष १० गते प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । प्रधानमन्त्री दाहालले  भाेलिपल्ट ११ गते शपथ लिनुभएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com