2

Logo २०८३ बैशाख १३ आइतबार
आजदेखि अंग्रेजी नयां वर्ष २०२३ शुरु, ठाउँ-ठाउमा भव्य कार्यक्रम

आजदेखि अंग्रेजी नयां वर्ष २०२३ शुरु, ठाउँ-ठाउमा भव्य कार्यक्रम


Sabalnews प्रकाशित मिति : आइतबार, पौस १७ २०७९
1.2K

काठमाडौं ।

आजदेखि अंग्रेजी नयां वर्ष २०२३ शुरु हुदैछ । हरेक वर्ष अंग्रेजी महिना जनवरी १ लाई नयां वर्ष शुरुवात भएको मान्न्छि ।

अंग्रेजी नयां वर्षलाई नेपालीहरुले पनि विभिन्न सांगीतिक कार्यक्रम गरेर मनाउने प्रचलन रहेको छ । खासगरी पर्यटनंसंग सम्बन्धित होटेल तथा रेष्टुरेन्ट, टुर एण्ड ट्राभल व्यवसायीहरुले विदेशी पर्यटकलाई आकर्षित गर्न नयां वर्षमा विविध कार्यक्रम गर्दै आएका छन् ।

यस वर्ष पनि बुटवल क्षेत्रमा होटेल तथा रेष्टुरेन्ट व्यवसायीले अंग्रेजी नयां वर्षको अवसरमा तीन दिने सडक खाना महोत्सव सञ्चालन गरेका छन् ।

देशका पोखरा, काठमाडौं ,बुटवलमा २ दिनदेखि नयां वर्ष मनाएका छन् । बुटवलमा प्रकाश दुधराज, मिलन नेवार, खुमन अधिकारी र गायक अफसर अलिको प्रस्तुति रहने छ । पोखरामा नेपथ्य टिम छ ।

यस्तै अन्य होटेल र रेष्टुरेन्टहरुले पनि कलाकारको प्रस्तुतिमा नयां वर्षलाई उल्लासमय बनाउन कार्यक्रम आयोजना गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com