नेविसंघले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनायो
पाल्पा।
पाल्पाको रामपुरमा नेबिसंघले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ ।
नेबिसंघ रामपुरका सभापति आभाष भट्टराईको अध्यक्षतामा रामपुर ७ को बिपि पार्क भएको कार्यक्रममा सहभागी काङ्ग्रेस नेता कार्यकर्ताले बिपिको चिन्तन आज पनि उत्तिकै आबश्यक रहेको औंल्याएका थिए ।
नेपाली काङ्ग्रेसका प्रदेश समिति सदस्य कृष्ण प्रसाद अधिकारीले दुरदृष्टी भएर नेतृत्व लाग्नुपर्नेमा जोड दिनुभयो । राष्टियताको आह्वान भनेको लोकतान्त्रिक शक्ति एक भएर जानुपर्ने उहाँको उद्घोष थियो ।

नेपाली काङ्ग्रेसका पुर्व उपसभापति तथा महासमिति सदस्य देवराज ढकालले बिपि संग धेरैपटक भेट र केही छलफलमा संगै भएको स्मरण गर्दै नेपाललाई विकासको फड्को मार्ने गरि बिपि जनताको हितमा सदैव लागेको बताउनुभयो ।
नेपाली काङ्ग्रेसका प्रदेश सदस्य कल्प पौडेलले राजनिति संगै साहित्य र समाजबादमा बिपिको बिचार सर्वोपरि रहेको बताउदै उहाँको मेलमिलापको निति राजनितिमा आज र भोलि सदैव अपरिहार्य रहने बताउनुभयो ।
नेपाली काङ्ग्रेसका महासमिति सदस्य तथा अन्तर्राष्ट्रिय बिपि चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दीप रानाले राष्ट्रियता बिना राष्ट्र नहुने र राष्ट्र नै नरहे जनताको कुनै अर्थ नहुने बताउनुभयो । उहाँले देशको हितको लागि बिपिले फरक-फरक बिचार लिएकाहरु संग मेलमिलाप निति ल्याउनुभयो अहिले पार्टी फरक होइन अब पार्टी भित्रकै कार्यकर्ता बिच मेलमिलापको बिचार अबलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका महासमिति सदस्यहरु रमण बहादुर थापा, बिष्णु प्रसाद आचार्य, नेपाली काङ्ग्रेसका जिल्ला सदस्य सुर्य प्रसाद पोखरेल, पुर्व नेबिसंघ सभापति पुष्पा कोइरालाले बिपिको एकता र मेलमिलापको नितिलाई अबलम्बन गर्न नसक्दा राजनितिमा चुक्नुपरेको बताउदै अब एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
यही अबसरमा नेबिसंघले सहिद बहुमुखी क्याम्पसमा नेबिसंघबाट स्वबियु निर्वाचनमा बिजयी पुर्व स्वबियु सभापति पुष्पा सिग्देल कोइराला र निवर्तमान स्वबियु सभापति निलकठ्ठ पोखरेल, नेबिसंघ इकाई सभापति दिपक अर्याललाई सम्मान गरेको छ ।
नेपाली काङ्ग्रेस रामपुर नगर सभापति नेत्र प्रसाद भट्टराईले कार्यक्रम बारे प्रकाश पार्नुभएको थियो ।
नेबिसंघका नगर बिभाग संयोजक आभाष भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै भट्टराईले ८ बर्ष जेल जीवन र प्रवासको जीवन बिताएर आएर पनि एकताको सन्देश दिएको बताउदै अब पार्टी र भातृसस्था मिलेर विद्यार्थीलाई अगाडी बढाउन एक हुनुपर्नेमा जोड दिनुभयो ।
नेबिसंघ सहिद क्याम्पस इकाई सचिव रमेश पोखरेलको स्वागतबाट शुरु भएको कार्यक्रममा धन्यवाद सह-सचिव आकाश भट्टराईले व्यक्त गर्नुभएको थियो भने संचालन बिक्रम घिमिलेले गर्नुभएको हो ।

