2

Logo २०८३ बैशाख १३ आइतबार
नेविसंघद्दारा राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा कार्यक्रम हुँदै

नेविसंघद्दारा राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा कार्यक्रम हुँदै


Sabalnews प्रकाशित मिति : शुक्रबार, पौस १५ २०७९
820

पाल्पा ।

नेपाल विद्यार्थी संघ रामपुर नगरले ४७ औं राष्ट्रिय एकता र मेलमिलाप दिवस कार्यक्रम गरि मनाउने भएको छ ।

नेपाली काङ्ग्रेस र यसका भातृ सस्थाले पार्टीका सस्थापक नेता बिपि कोइराला, गणेशमान सिंह लगायतका नेताहरु लामो समयको निर्वासन अन्त्य गरि स्वदेश फर्किएको सम्झनामा हरेक बर्ष “राष्ट्रिय एकता तथा मेलमिलाप दिवस” मनाउनेछन् ।

भोलि शनिवार नेबिसंघले रामपुर नगरपालिका वडा नम्बर ७ को बिपि पार्कमा सरसफाइ तथा बिपिको चिन्तन र एकताको सन्देश सहित स्वदेश फिर्ता सन्दर्भमा चर्चा र चियापानको आयोजना गरेको नेबिसंघले जनाएको छ ।

दिउँसो १२.३० बजे पार्टीका नेता, भातृ सस्थाका प्रतिनिधि एवं नेबिसंघका नेता सहित पार्टीका नेता कार्यकर्ताको सहभागितामा कार्यक्रम गरिने नेबिसंघका रामपुर नगर संयोजक आभास भट्टराईले जानकारी दिनुभयो ।

राजा महेन्द्रको कु पश्चात् बिपि सहितका नेताहरु २०३३ साल पुस १६ गते मेलमिलापको सन्देश सहित स्वदेश फर्कनुभएको थियो । यही सम्झना र अहिलेको आवश्यकता पनि राष्ट्रिय एकता नै भएको उद्घोष सहित काङ्ग्रेस र उनका भातृ सस्थाले  राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउदै आएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com