गाडी सहित अवैध काठ नियन्त्रण
नवलपरासी ।
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर १ बाट १ सय ३७.५१ क्यूफिट अवैध काठ सहित पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार सरावल गाँउपालिका १ स्थित हरियाली सामुदायिक वनमा सोही वन उपभोक्ता समितिका सदस्य सहित प्रहरी चौकी बासाबाट प्र.ना.नि. यादव न्यौपानेको कमाण्डमा खटिएको संयुक्त टोलीले गस्ति गर्दै जाने क्रममा उक्त वनको मध्य भागमा सिसौ जातका रुखहरु अवैध रुपमा कटान गरी १९ गोलिया १३७.५१ क्यूफिट बराबरको काठ लु १ च ७५८२ नं. को पिकअप गाडीमा लोड गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
यस्तै गरि सुनवल नगरपालिका वडा नं. ११ बस्ने शेषकान्त ढकाललाई पक्राउ गरि आवश्यक अनुसन्धान कार्वाहीको लागि सव डिभिजन वन कार्यालय बर्दघाटमा बुझाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेय जानकारी दिनु भएको छ ।