नेविसंघद्दारा राष्ट्रिय एकता तथा मेलमिलाप दिवसमा कार्यक्रम हुँदै
पाल्पा ।
नेपाल विद्यार्थी संघ रामपुर नगरले ४७ औं राष्ट्रिय एकता र मेलमिलाप दिवस कार्यक्रम गरि मनाउने भएको छ ।
नेपाली काङ्ग्रेस र यसका भातृ सस्थाले पार्टीका सस्थापक नेता बिपि कोइराला, गणेशमान सिंह लगायतका नेताहरु लामो समयको निर्वासन अन्त्य गरि स्वदेश फर्किएको सम्झनामा हरेक बर्ष “राष्ट्रिय एकता तथा मेलमिलाप दिवस” मनाउनेछन् ।
भोलि शनिवार नेबिसंघले रामपुर नगरपालिका वडा नम्बर ७ को बिपि पार्कमा सरसफाइ तथा बिपिको चिन्तन र एकताको सन्देश सहित स्वदेश फिर्ता सन्दर्भमा चर्चा र चियापानको आयोजना गरेको नेबिसंघले जनाएको छ ।
दिउँसो १२.३० बजे पार्टीका नेता, भातृ सस्थाका प्रतिनिधि एवं नेबिसंघका नेता सहित पार्टीका नेता कार्यकर्ताको सहभागितामा कार्यक्रम गरिने नेबिसंघका रामपुर नगर संयोजक आभास भट्टराईले जानकारी दिनुभयो ।
राजा महेन्द्रको कु पश्चात् बिपि सहितका नेताहरु २०३३ साल पुस १६ गते मेलमिलापको सन्देश सहित स्वदेश फर्कनुभएको थियो । यही सम्झना र अहिलेको आवश्यकता पनि राष्ट्रिय एकता नै भएको उद्घोष सहित काङ्ग्रेस र उनका भातृ सस्थाले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउदै आएका छन् ।
