2

Logo २०८३ बैशाख १३ आइतबार
नावालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पक्राउ

नावालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पक्राउ


Sabalnews प्रकाशित मिति : सोमबार, पौस ११ २०७९
729

पाल्पा ।

१४ वर्षकी नावालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा पाल्पामा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिनाउ गाउँपालिका १  ठूलीउदाङ्का २१ वर्षीय हिमाल सोमरे रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

रुपन्देही जिल्ला सैनामैना घर भई हाल तिनाउ –१ मा मामाघर बस्दै आएकी १४ वर्षकी नावालिकालाई जबर्जस्ती करणी गरी गर्भवती बनाएको अभियोगमा प्रहरीले सोमरेलाई पक्राउ गरेको हो ।

पीडित बालिकाको बुवाले दिएको जाहेरीको आधारमा आरोपी सोमरेलाई पक्राउ गरी थप अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । गत असार ३ गते आरोपित सोमरेले जबरजस्ती गरेको र उनकै ६ महिनाको गर्भ रहेको भनी बालिकाका बुवाले जिल्ला प्रहरी कार्यालय पाल्पामा जाहेरी दिएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com