2

Logo २०८३ बैशाख १३ आइतबार
टिप्परले च्यापेर सहचालकको ज्यान गयो

टिप्परले च्यापेर सहचालकको ज्यान गयो


Sabalnews प्रकाशित मिति : सोमबार, पौस ११ २०७९
603

पाल्पा ।

पाल्पामा टिप्परले च्यापेर सहचालकको ज्यान गएको छ ।

सोमबार बिहान साढे ५ बजे निस्दी ७ ज्यामिरेको पिपेन्डीमा सर्वोत्तम सिमेन्टको खानीबाट नजिकै हावा भर्न राखेको ग २ ख ०७६९ टिप्पर अचानक गुडेको थियो ।

पार्किङ गरि राखेको ग २ ख ७७१ नम्बरको टिप्परमा ठोकिदा हावा भर्न रोकेको टिप्परका सहचालक सुर्खेत जिल्ला चिनगाड गाउँपालिका ६ का २७ वर्षीय जीतबहादुर चलाउनेलाई ठक्कर दिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले बताउनुभयो।

सहचालक चलाउनेको दुवै टिप्परको बीचमा च्याप्पिएर मृत्यु भएको प्रहरीले जनाएको छ । घटना लगत्तै इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाको नेतृत्व प्रहरी चौकी रुप्सेभञ्ज्याङ् सहितका प्रहरी ज्यामिरे पुगेका थिए  । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com