पाल्पाको रामपुरबासीलाई पहिलोचरणमा आज लालपुर्जा बितरण हुँदै
पाल्पा ।
निर्वाचनको बेला हरेक पार्टीको राजनितिक बिषयबस्तु बन्दै आएको पाल्पाको रामपुर बजार बासीले आज पुर्जा पाउने भएका छन् ।
पुर्जा बिहिन रामपुरको बेझाड बजार र आसपासका अव्यवस्थित बसोबास रहेका रसिद वाला नागरिकले अब आफ्नै नाममा लालपुर्जा भएको जग्गाको पुर्जा पाउने भएका हुन् ।
पुर्जा दिने विषय हरेक राजनितिक दलले आफ्नो पाल्पामा दिने भन्दै भोट दिन आग्रह गर्दै आएका थिए । भोट बैंकका रुपमा रहेको पुर्जा राष्ट्रिय भुमी आयोगले निरन्तरको काम पछि पहिलो चरणमा रामपुर नगरपालिका ३ सय ७७ जनालाई दिन थालेको हो ।
नगरका साबिक वडा नम्बर ४,५,६ र ७ का सबै काम सकेर बैंकमा राजश्व दाखिल गरेर हस्ताक्षर सहित श्रीमान श्रीमतीको नाममा जग्गा दर्ता गरेका दम्पतिले पुर्जा पाउने भएका हुन् ।
पहिलो चरणमा बितरण गरिने पुर्जा मध्य राजश्व दाखिला पूरा गरि पुर्जा बनेका १ सय ६० वटा जग्गाको पुर्जा दिइने राष्ट्रिय भुमि आयोग पाल्पाका अध्यक्ष मोहनलाल गैरेले बताउनुभयो ।
पुर्जा बितरणको लागि राष्ट्रिय भुमि आयोगका अध्यक्ष केशव निरौला रामपुर आउनुभएको छ ।
तस्विर- प्रदिप घिमिरे