2

Logo २०८३ बैशाख १४ सोमबार
समाचार प्रभाव-“रामपुर नगरपालिकामा राखियो बडापत्र”

समाचार प्रभाव-“रामपुर नगरपालिकामा राखियो बडापत्र”


Sabalnews प्रकाशित मिति : बुधबार, पौस ६ २०७९
834

पाल्पा ।

नागरिकको नजिकको सरकार स्थानीय सरकार हो । नागरिकले राज्यबाट स्थानीय तह मार्फत के कस्ता सेवा कति समयमा पाउछन् र यसको दस्तुर समेत उल्लेख गरिने नागरिक वडापत्र नभएको समाचार प्रकाशनपछि रामपुर नगरपालिकाले वडापत्र भित्तामा टासेको छ ।

गत कार्तिक २ गते सबल न्युज डटकममा “रामपुर नगरपालिका नै नागरिक बडापत्र बिहिन” शिर्षकमा पहिलो समाचार प्रकाशन भएको थियो । समाचार प्रकाशन लगत्तै समाचारको प्रभावले रामपुर नगरपालिकाले नागरिक वडापत्र बनाएर टास गरेको हो । मसिनो अक्षरमा रहेको बडापत्र  नगरपालिकाले नगरपालिकाको बाहिरी भित्ता मुल ढोकाको पुर्व राजश्व शाखाको बाहिर टास गरेको छ । कार्तिक पहिलो साता प्रकाशित समाचार प्रभावकै कारण कार्तिक दोस्रो साता निर्माण गरि बडापत्र नगरपालिकामा टासिएको हो ।

रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपालेले आफू सरुवा भएर असोजमा मात्र आएकोले यसबारे बुझ्ने बताउनुभएको थियो । न्यौपानेले नगरपालिकामा डिजिटल बडापत्र राख्ने र त्यसको लागि विभिन्न शाखाबाट बिषयबस्तु संकलनको काम चलिरहेकोले नराखिएको रहेछ तर यो या त्यो कारण नराखिनु हुदैन त्यसैले भित्ते वडापत्र बनाएर टास गरिएको छ उहाँले भन्नुभयो । समयसापेक्ष नगरपालिकाले डिजिटल वडापत्र राख्न आवश्यक रहेकोले जतिसक्यो छिटो गराउने पक्षमा नगरपालिका रहेको अधिकृत न्यौपानेले बताउनुभयो । यसको लागि प्रक्रिया अघि बढेको र निर्माणकर्ता संग सम्झौता गरिनेछ, सुशासन र सरल सेवाका लागि वडापत्रको उपयोग धेरै छ, न्यौपालेले भन्नुभयो- यसबारे नागरिकलाई अझ जानकारी दिनुपर्ने अबस्था छ ।

सेवाग्राहीहरुको सुविधा र कार्यालयबाट प्रदान गरिने सेवाहरुको सुचना नागरिकसम्म सहज रुपमा पुर्‍याउन सबैले देख्ने ठाउँमा अनिवार्य नागरिक वडापत्र राख्नु पर्ने राज्यको नीति छ ।

कार्यालयमा सेवा लिन आउने नागरिकहरुले आफुले सेवा लिने फाँट र सो सम्बन्धि सुचना सहज रुपमा पाउन भन्ने उद्देश्यले सबैले देख्ने ठाउमा कार्यालयको बाहिर स्पष्ट रुपमा नागरिक वडापत्र राख्नुपर्ने नियम भए पनि रामपुर नगरपालिकामा थिएन ।
साविक रामपुर, दर्छा, गाडाकोट, खालिबन र गेझा गरि ५ गाविस मिलेर २०७१ सालमा स्थापना भएको रामपुर नगरपालिकाले हाल ४ तले नयाँ भवन निर्माण गरि सेवा दिएको छ । भवन बनेर सेवा शुरु गरेपनी बडापत्र बनेको थिएन । नयाँ भवनबाट सेवा दिन थालेको झण्डै १ बर्ष भएको छ । गत चैतमा गृहमन्त्री बालकृष्ण खाणले नगरपालिका कार्यालयको उद्घाटन गर्नुभएको हो ।

क्षतिपूर्ति सहितको नागरिक बडापत्र व्यवस्थापन निर्देशिका, २०६९ मा हरेक सरकारी कार्यालय अगाडि नागरिक वडापत्र राख्नुपर्ने व्यवस्थो छ । निर्देशिकाको दफा ३ को १ मा सेवाग्राहीलाई सेवा प्रदान गर्ने वा जनसम्पर्क कायम गर्ने प्रत्येक कार्यालयले आफ्नो परिसरभित्र सबैले देख्ने उपयुक्त ठाउँमा क्षतिपूर्ति सहितको नागरिक वडापत्र राख्नुपर्ने उल्लेख छ । सुशासन ऐन २०६४ ले सबै सरकारी निकायहरूमा सबैले देख्नेगरी नागरिक वडापत्र राख्नुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ ।

अहिले प्रायः कार्यालयले डिजिटल वडापत्रको व्यवस्था गरेको समय कतिपय नगर/गाँउपालिकादेखि वडातह र सरकारी कार्यालयमै वडापत्र राखेको देखिदैन । भएको कतिपय कार्यालयका बडापत्र स्पष्ट बुझ्न सकिँदैन ।

प्रशासनलाई जनउत्तरदायी तथा नागरिकमैत्री बनाउने कानुनको शासनलाई प्रत्याभूति गर्ने, सार्वजनिक निकायहरूमा पारदर्शिताको प्रत्याभूति दिलाउन नागरिक वडापत्रको व्यवस्था गरिएको हो । तर, वडापत्र नै नहुँदा सेवाग्राहीलाई कहाँ जाने कति खर्च लाग्ने भन्ने कुराको अन्योल हुने गरेको छ । सुशासन र सुचनाको हक सुनिश्चित गर्न समेत नागरिक वडापत्रको महत्व छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com