सीताराम माविको अध्यक्षमा आचार्य चयन
पाल्पा ।
सीताराम माध्यामिक विद्यालय रामपुर नगरपालिका ४ सदावर्त पाल्पाको विद्यालय व्यवस्थापन समिति चयन भएको छ । विद्यालयमा बसेको अभिभावक भेलाले कृष्णप्रसाद आचार्यको अध्यक्षमा विद्यालय व्यवस्थापन समिति गठन गरेको हो ।
समितिको सदस्यहरुमा सुदर्शन शाह, कृष्ण वि.क., खुममाया परियार, सीता श्रेष्ठ, उमी थापा, वडा अध्यक्ष राम बहादुर राना र सदस्य सचिवमा प्रधानाध्यापक हरिप्रसाद अधिकारी रहनुभएको छ । भेलाले पुनः निवर्तमान अध्यक्ष प्रेमबहादुर पोखरेलको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन गरेको छ ।
शिक्षक अभिभावक संघका अध्यक्ष प्रेमबहादुर पोख्ररेलको अध्यक्षतामा बसेको भेलामा रामपुर नगरपालिकाका नगर शिक्षा अधिकृत विकल काफ्लेले भेलामा रामपुर नगरपालिकाका पुर्व उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य, पूर्व संचालक समिति सदस्य विष्णुबहादुर सारु र अभिभावक रिमबहादुर श्रेष्ठले नवगठित समितिलाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।
शिक्षक अभिभावक संघ अध्यक्ष प्रेम प्रसाद पोखरेलको स्वागतबाट शुरु भएको भेलाको सञ्चालन शिक्षक सरस्वती श्रेष्ठले गर्नु भएको हो ।