ओभरट्याक गर्ने क्रममा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु
पाल्पा ।
ट्रकलाई ओभरट्याक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ ।
जिल्लाको रिब्दीकोट गाउँपालिका ४ को बाउनडाडाँमा तानसेनवाट हार्थोक जादै गरेको लु १ ख ९१३४ नं.को ट्रकलाई सोही दिशाबाट आउदै गरेको लु ६८ प २०५ नं.को मोटर साइकलले ओभरटेक गर्ने क्रममा मोटरसाइकलको पछाडी सवार यात्रुको दुर्घटनामा ज्यान गएको हो ।
बायाँबाट ओभरट्याक गर्ने मोटरसाइकल ट्रकको पछाडीको भागमा ठोक्किन जादा ट्रकको पछाडीको पाङ्गाले मोटरसाइकलमा सवार रिब्दीकोट ६ का ३० बर्षका नर बहादुर गाहालाई किच्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला टाफिक कार्यालय पाल्पाले जनाएको छ ।
दुवै सवारी र सवारी चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।