2

Logo २०८३ बैशाख १३ आइतबार
एकहप्ता भित्र नयाँ प्रधानमन्त्रीको दाबी पेश गर्न राष्ट्रपतिद्दारा आह्वान

एकहप्ता भित्र नयाँ प्रधानमन्त्रीको दाबी पेश गर्न राष्ट्रपतिद्दारा आह्वान


Sabalnews प्रकाशित मिति : आइतबार, पौस ३ २०७९
533

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले एक हप्ताभित्र नयाँ प्रधानमन्त्रीको दाबी पेश गर्न आह्वान गर्नुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार विज्ञप्ति निकालेर संविधानको धारा ७६ को उपधारा २ बमोजिम एक हप्ताभित्र प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गर्नुभएको हो ।

नयाँ निर्वाचनको परिणाम अनुसार कुनै पनि दलले बहुमत प्राप्त नगरेकाले दुई वा दुई भन्दा बढी दलको समर्थनमा प्रतिनिधिसभामा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई प्रधानमन्त्रीमा दाबी पेश गर्न बिज्ञप्ति मार्फत आव्हान गर्नुभएको हो । यसका लागि पुस १० गते साँझ ५ बजेसम्मको म्याद दिइएको विज्ञप्तिमा उल्लेख छ ।

संविधानमा राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा मन्त्रिपरिषदको गठन हुने व्यवस्था छ । धारा ७६ को उपधारा २ को (१) बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com