2

Logo २०८३ बैशाख १३ आइतबार
कालीगण्डकी आँखा तथा कान उपचार केन्द्रको साधारण सभा सम्पन्न

कालीगण्डकी आँखा तथा कान उपचार केन्द्रको साधारण सभा सम्पन्न


Sabalnews प्रकाशित मिति : शनिबार, पौस २ २०७९
1.3K

पाल्पा

पुर्वी पाल्पामा रहेर स्वास्थ्य उपचार सेवा दिदै आएको कालीगण्डकी आँखा तथा नाक उपचार केन्द्र रामपुर पाल्पाको सातौ साधारण सभा तथा तेस्रो अधिबेसन सम्पन्न भएको छ ।

नेपाल नेत्र ज्योति संघ तथा लुम्बिनी नेत्र बिज्ञान अध्ययन सस्थान तथा रिसर्च सेन्टर, पाल्पा लायन्स लाकौल आँखा अस्पताल संग समन्वय गर्दै संचालन हुदै आएको सस्थाको साधारण सभा तथा अधिबेशनको नेपाल नेत्र ज्योति संघका उपाध्यक्ष तथा लुम्बिनी नेत्र बिज्ञान अध्ययन सस्थान तथा रिसर्च सेन्टरका अध्यक्ष सागर प्रताप राणाले उद्घाटन गर्नुभयो ।

सभा उद्घाटन गर्दै अध्यक्ष राणाले भौतिक सहित स्थायित्व रहने गरि जनशक्ति व्यबस्थापन गरेर अस्पतालको रुपमा बिकास गर्नुपर्नेमा जोड दिनुभयो । स्थानीयलाई बिषय बिज्ञमा पढ्न प्रोत्साहन गर्नुपर्छ,राणाले भन्नुभयो- ग्रामीण क्षेत्रमा बाहिरका जनशक्तिले दिगो सेवा दिने अबस्था अझै बनिसकेको छैन ।
आँखा उपचारका लागि भारतको सितापुर जानुपर्ने बाध्यताका बिच लुम्बिनी नेत्र बिज्ञान तथा रिसर्च सेन्टरले रेडक्रसको सहयोगमा २०२४ सालबाट आँखा शिबिर संचालन गरेको स्मरण गर्दै उहाँले यस्तै योगदान र मेहनत कालीगण्डकी आँखा उपचार केन्द्र तथा ज्योतीपुञ्ज युवा क्लबले गरेको बताउनुभयो ।

लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले शहर उन्मुख रामपुर व्यबस्थित विकास र प्रशासनिक हवको रुपमा बढेको बताउदै अब समन्वयात्मक रुपमा थप काम गर्न आफ्नो ठाउँबाट पहल गर्ने बताउनुभयो । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले मानवको महत्त्वपूर्ण सेवा आँखा कान उपचार सेवामा केन्द्र उत्कृष्टताका साथ लागेको बताउनुभयो । आँखा शिबिरको शुरुवाति देखि नै सहयोग पुर्‍याउदै आउनुभएका काजुमासा कामिमी ओकेबाजेलाई मानार्थ सदस्य सम्मान गरिएको कार्यक्रममा बोल्दै ओकेबाजेले सबैको सेवा गर्न पाउँदा खुशी लाग्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल नेत्र ज्योति संघ पाल्पाका अध्यक्ष बुद्धि प्रसाद शर्मा, लुम्बिनी नेत्र बिज्ञान तथा रिसर्च सेन्टरका व्यबस्थापक प्रकाश रायमाझी, नेपाली काङ्ग्रेसका नगर सभापति नेत्र प्रसाद भट्टराई, नेकपा एमालेका नगर अध्यक्ष बिष्णु रेग्मी, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष यम बहादुर सुनार, नेकपा  एकीकृत समाजबादीका नगर अध्यक्ष फणेश्वर गौतम, राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष पदम पौडेल, सल्लाहकार कमलराज भट्टराई, संचालक समिति सदस्य तथा वडा अध्यक्ष दोबराज तिवारी, रामपुर अस्पतालका अध्यक्ष राम प्रसाद ढकाल, पृथ्वी टेलिभजनका व्यबस्थापक कृष्ण प्रसाद पौडेलले आँखा तथा कान उपचार केन्द्रले पुर्‍याएको योगदानको चर्चा गर्दै अधिबेशनबाट सफल नेतृत्व चयनका लागि शुभेच्छा व्यक्त गर्नुभएको थियो ।

सस्थाका कार्यबाहक अध्यक्ष बिनोद कुमार पोखरेलले बार्षिक प्रतिबेदन सहित भावी योजना प्रतिबेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा कोषाध्यक्ष इश्वर प्रसाद लम्सालले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभयो ।

सोही अबसरमा ५० हजार ५ सय ५५ रुपयाको अनमोल भट्टराई स्मृति अक्षयकोष स्थापना गर्नुहुने भीमबिश्व भट्टराई र देवका भट्टराई, ५२ हजार ५ सय २५ रुपयाको केश बहादुर क्षेत्री स्मृति अक्षयकोष स्थापना गर्नुहुने महल क्षेत्री, १ लाख १ सय ११ रुपैयाको अनिता पङ्गेनी स्मृति अक्षयकोष स्थापना गर्नुहुने तिर्थ प्रसाद, राधादेवी र सुनिता पङ्गेनीलाई सम्मान गरेको छ ।

सस्थाले २०६२ सालमा ज्योतिपुञ्ज युवा क्लबको अध्यक्ष भएदेखि आँखा उपचार केन्द्र स्थापना र हालसम्म स्थापित गराउन पुर्‍याउनुभएको योगदानको उच्च कदर गर्दै सस्थाका पुर्व अध्यक्ष स्व. हुतराज पोखरेललाई मरणोपरान्त सम्मान उहाँका जीवनसंगी तारादेवी उपाध्यायलाई प्रदान गरेको छ भने सबै सहभागीले अध्यक्ष रहेर सेवा गर्दागर्दै निधन हुनुभएका पोखरेलले पुर्याउनुभएको योगदानको स्मरण गरेका थिए ।
सस्थाले पाहुनालाई मायाको चिनो र ढाकाटोपीले सम्मान गरेको थियो भने आजिवन सदस्यता प्रमाणपत्र समेत बितरण गरेको थियो ।

आँखा उपचार केन्द्रका कार्यबाहक अध्यक्ष बिनोद कुमार पोखरेलको अध्यक्षता, सदस्य शुकदेव पोखरेलको स्वागत तथा नेत्र ज्योति संघका सदस्य भोजेन्द्र प्रकाश ढकालको धन्यवाद ज्ञापन र सचिव रुपनाथ गौतमको संचालनमा कार्यक्रम चलेको हो ।

अधिबेशनको लागि समितिले ३ जनाको नेत्र ज्योति संघमा नाम पठाउने वा सर्वसहमतिमा नेतृत्व चयन गर्ने बिषयमा छलफल भएको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com