2

Logo २०८३ बैशाख १३ आइतबार
चौथो एपिक नेपाल म्युजिक अवार्डका उत्कृष्ट पाँच मनोनयनलाई प्रमाणपत्र

चौथो एपिक नेपाल म्युजिक अवार्डका उत्कृष्ट पाँच मनोनयनलाई प्रमाणपत्र


Sabalnews प्रकाशित मिति : शुक्रबार, पौस १ २०७९
631

काठमाडौं ।

आगामी माघ ७ सम्पन्न हुन गइरहेको ‘चौथो एपिक नेपाल म्युजिक अवार्ड २०७९’ को उत्कृष्ट पाँच मनोनयनलाई प्रमाणपत्र बितरण गरिनेछ ।

भक्तपुरबाट वितरण गरिने यस बर्षको एपिक नेपाल म्युजिक अवार्डमा गीतसंगीतका बिभिन्न ३९ बिधालाई समेटिएको छ ।

अवार्डमा मौलिक थाली नाँच, काठे गीत, सर्वोत्कृष्ट भाषभाषीलाई पनि समावेश गरिएको छ । सर्वोत्कृष्ट भाषभाषीमा उत्कृष्ट दश गीतको मनोनयन सार्वजनिक गरिएको छ ।

अवार्डको चौथो संस्करणलाई सुर्य बिनायक नगरपालिका र मध्यपुर थिमी नगरपालिका वडा नं. ४ ले सहकार्य गरेको छ । अवार्ड समारोह शंखधर पार्कमा सम्पन्न हुने आयोजकले जनाएको छ । अवार्डले ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रबर्द्धन हाम्रो अभियान’ बोकेको छ ।

पुस २ गते शनिबार मनोनयनहरुलाई प्रमाण पत्र वितरण हुनेछ ।  ‘चौथों एपिक नेपाल म्युजिक अवार्ड २०७९’ का अध्यक्ष कृष्णलाल साहुखलका अनुसार प्रमाण पत्र वितरण कार्यक्रममा सुर्य बिनायक नगरपालिका नगर प्रमुख बासुदेव थापाको प्रमुख आतिथ्यता रहनेछ । साथै बिशेष अतिथि मध्यपुर थिमि नगरपालिका वडा नं. ४ का वडाप्रमुख बालकृष्ण श्रेष्ठ, चलचित्र बिकाश बोर्डका अध्यक्ष भूवन केसी रहनुहुनेछ ।

अवार्ड समारोहका दिन महानायक राजेश हमाललाई नगद रु. १ लाख १ हजार १ सय ११ रुपैंया सहित महानायक सम्मान प्रदान गरिनेछ । यस्तै नगद राशि सहित चलचित्र पत्रकार प्रकाश सुवेदीलाई चलचित्र पत्रकार सम्मान र पत्रकार गोपिकृष्ण चापागाईंलाई युवा पत्रकार सम्मान प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

सबल नेटवर्क प्रा. लि. द्दारा संचालित
सबल न्युज डटकम
अध्यक्ष / प्रधान सम्पादकः सीता डोटेल
📞 बिज्ञापन ९८४७१७०२८५, ९८४३८८१०२२
📧  समाचार  sita.dotel@gmail.com
बिज्ञापन– sabalnews2078@gmail.com
कम्पनी दर्ता नं.  –२८८३६१/०७८/०७९
सूचना विभाग दर्ता नं.–३४५५/२०७८/०७९
प्रेस काउन्सिल नं. –३४४२

सम्पर्क

सामाजिक सञ्जाल

© 2022 copyright and all right reserved to sabalnews.com