रामतुलसी नमुना मा.बि बार्षिकोत्सवको पुर्वसन्ध्यामा दिपप्रज्वलन
पाल्पा ।
पुष १ गते बार्षिकउत्सवको पुर्वसन्ध्यामा रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुरले विद्यालयमा दिप प्रज्वलन गरेको छ ।
बार्षिकउत्सव तथा अभिभावक दिवसलाई उत्सवका रुपमा मनाउने गरि समापन समारोहको अघिल्लो दिन विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा रामपुर नगरपालिकाका प्रतिनिधि सहभागी भई विद्यालय परिषरमा दिप प्रज्वलन गरेको हो ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु प्रसाद पौडेल, सदस्य बिशाल श्रेष्ठ, विद्यालयका प्रध्यानध्यापक बालकृष्ण लम्सालले विद्यालयको मूलगेटमा दिपप्रज्वलन गरि प्रज्वलनको शुरुवात भएको थियो ।

विविध प्रतियोगितात्मक कार्यक्रम तथा पुरस्कार बितरण पश्चात् विद्यालयका शिक्षक विद्यार्थीले दिनभरि ध्वजापताकाले झकिझकाउ बनाएको विद्यालयमा साँझ विद्यार्थी शिक्षक समेतको सहभागीतामा बिद्यालयमा दिपप्रज्वलन गरेका हुन् । विद्यार्थीले दिपप्रज्वलनको समयमा भजन कृतन समेत गरेका थिए ।
गत मंसिर २६ गतेदेखि विविध प्रतियोगितात्मक कार्यक्रम गरि बार्षिकउत्सव मनाउन थालेको विद्यालयले शुक्रबार औपचारिक कार्यक्रम गरि विद्यालयको ५५ औं बार्षिकउत्सव तथा अभिभावक दिवस समापन कार्यक्रम सहित मनाउन लागेको जनाएको छ ।

बि.स.२०२५ सालमा स्थापना भएको विद्यालयमा हाल मण्टेश्वरी कक्षा सहित अग्रेंजी, नेपाली माध्यममा पढाई हुदै आएको छ भने शिक्षा, व्यवस्थापन, कृषि र बिज्ञान बिषयमा पढाई हुदै आएको छ । झण्डै २२ सय विद्यार्थी र १ सय बढी शिक्षक कर्मचारीबाट शिक्षण हुदै आएको छ ।


