शिवराजले दियो नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई
कपिलवस्तु ।
जिल्लाको शिवराज नगरपालिकाले नवनिर्वाचित जनप्रतिनिधि तथा प्रदेश सभा सदस्यलाई बधाई तथा शुभकामना दिएको छ ।
कपिलवस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित हुनुभएका प्रतिनिधि सभा सदस्य मंगल प्रसाद गुप्तालाई नगरपालिकाका नगर प्रमुख अजय थापा, उपप्रमुख शिवकुमारी थारु सहित नगरपालिकाले सफल कार्यकालको शुभकामना दिएको हो ।
यस्तै कपिलवस्तुबाट लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित क्षेत्र नम्बर ३(१) का अर्जुन कुमार केसी र ३(२) का जानकी प्रसाद यादवलाई आइतबार बधाई तथा शुभकामना कार्यक्रम राखेर बधाई दिएको हाे ।
नवनिर्वाचित प्रतिनिधि तथा प्रदेश सभा सदस्यहरुले स्थानीय सरकार संग समन्वय र सहकार्य गरेर जाने बताएका थिए ।