विद्यालय जानुपर्ने सारु दाम्लोको भरमा
पाल्पा ।
पूर्वखोला १ सिलुवा ढाक्रेवासका माधव सारु र उनका दाई बर्षौदेखी दाम्लोले बाधिएको अबस्थामा छन् । अधिकारका कुरा मात्र होइन विद्यालय जाने उमेरका यि दाजुभाई आधारभुत शिक्षाबाट समेत बञ्चित छन् ।
हाल दिउँसो भरी दाम्लोमा बाँधिन्छ्न् १२ बर्षे माधव । दाम्लोले बाध्नु आफूहरुको बाद्यता रहेको माधवका बुबा डिल बहादुर सारुले बताउनुभयो । बर्षौदेखि छोरालाई बाध्नुपर्ने बाध्यता आएको हो सारुले भन्नुभयो ।
करिब तीन बर्ष अगाडी दाम्लोले बाधिएका दाजुभाईको समाचार बाहिर आएको भएपनि अबस्था यस्तो भएको र कसैले चासो नदिदा बालबालिकाहरुको अवस्थामा सुधार नआएको गुनासो स्थानीयको छ ।
नेपालको संविधानमा बालबालिकालाई आधारभुत तह सम्मको शिक्षा अनिवार्य र निशुल्क उल्लेख गरे पनि व्यबहारमा सार्थक हुन नसकेको सारुले बताउनुभयो । छोरालाई दाम्लोले नबाँध्ने हो भने घर छोडेर भाग्ने र कता गयो भन्ने पत्तै नहुने हुँदा आफू बाध्न बाध्य भएको बताउनुभयो । शारिरिक र मानसिक रुपले अपाङ्गता छोरालाई घरमै राख्नु पर्ने बाध्यता रहेको छ ।
सारुका कान्छो छोरा माधव न बोल्न सक्छन् न सुन्न नै । माधव सारुको दाजु १५ बर्षे दाजु नारायण सारु पनि शारिरिक रुपले अपाङ्ग नै छन् । नारायण सारुलाई अहिले त्यसरी बाधेर राख्न नपरेको तर कहिले काहीँ आफ्नै तालले हिड्ने हुदा बेला बखतमा खोज्न भैतारिनुपरेको बुवा डिल बहादुरले बताउनुभयो । नारायण सारु प्रायः बुबाको पछि- पछि हिड्ने गरेको स्थानिय याम बहादुर गाहाले बताउनु भयो । स्थानिय गाहाले दुबै छोराहरु शारीरिक अपाङ्ग भएकाले उनिहरुलाई रेखदेख गर्न समस्या भएको बताउनुभयो ।

डिल बहादुर सारु र मिना सारुको चार सन्तान मध्ये दुई छोराहरु पूर्ण अपाङ्गता छन् भने एउटा छोरी साङ्ग र अर्को छोरी दुधे बालख छन् ।
अपाङता दुबै छोराहरुले नेपाल सरकारले वितरण गर्ने अपाङ्ग तर्फको रातो कार्ड प्राप्त गरेका छ्न्। दैनिकी चलाउन समेत आर्थिकरुपले कमजोर डिलबहादुर सारुको गत बर्ष पूर्वखोला गाउँपालिकाले टिन प्रदान गरेको थियो । त्यस पश्चात टिनको छानोले घर छाएको सारुले जानकारी दिनुभयो । काम खोजेर र छिमेकीले बोलाएर दैनिक मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका डिलबहादुर सारुको अन्य आम्दानिको स्रोत भने छैन ।
स्थानिय शिक्षक धिरज पंगेनीले विद्यालय तहमा हुनु पर्ने यी बालबालिकाहरुले आफ्नो स्वास्थ्य अवस्था सुधार संगै शिक्षामा पनि जोड दिन सकियो भने साच्चै ती बालबालिकाहरुको जीवन स्तर सुधार हुने बताउनुभयो । पंगेनीले स्वास्थ्य उपचार संगै अपाङ्गता छोराहरुले विद्यालयमा भर्ना गर्न पाए केही मनस्थिति सुधार र ज्ञान सिपका कुराहरु सिक्न मद्दत पुग्ने बताउनुहुन्छ ।